असोज ६ पर्वत । देवःविकास बैक कुश्मा शाखामा युनाइटेड मोदी हाईडूोपावर कम्पनिको साधारण शेयर खरिद गर्ने क्रममा सेवाग्राही कुटिएका छन् । आफ्नो पैसा लगानी गरी शेयर खरीद गर्छु भनी बैक गएका सेवाग्राही कुटिएपछि केही बेर बैक आसपासको क्षेत्र तनावपुर्ण बनेको थियो । बैकका म्यानेजरले सुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६ पर्वत । देवःविकास बैक कुश्मा शाखामा युनाइटेड मोदी हाईडूोपावर कम्पनिको साधारण शेयर खरिद गर्ने क्रममा सेवाग्राही कुटिएका छन् । आफ्नो पैसा लगानी गरी शेयर खरीद गर्छु भनी बैक गएका सेवाग्राही कुटिएपछि केही बेर बैक आसपासको क्षेत्र तनावपुर्ण बनेको थियो । बैकका म्यानेजरले सुर"/>
2026-07-05 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देवःविकास बैंकमा सेवाग्राही कुटिए, बैंकको व्यवस्थापनप्रति असन्तुष्टि

2016-09-22

असोज ६, पर्वत । देवःविकास बैक कुश्मा शाखामा युनाइटेड मोदी हाईडूोपावर कम्पनिको साधारण शेयर खरिद गर्ने क्रममा सेवाग्राही कुटिएका छन् ।

आफ्नो पैसा लगानी गरी शेयर खरीद गर्छु भनी बैक गएका सेवाग्राही कुटिएपछि केही बेर बैक आसपासको क्षेत्र तनावपुर्ण बनेको थियो । बैकका म्यानेजरले सुरक्षाको उचित व्यवस्था नगर्दा एक सेवाग्राहीले व्यर्थैमा कुटाइ खानुपरेको हो । बैकका गार्डले कुटेको सेवाग्राहीको आरोप छ ।

बैकका कर्मचारीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन नसकेपछि घण्टौ लाईनमा बसेका सेवाग्राही आक्रोशित भएका थिए । बैकमा कुटाकुट भएपछि कतिपय सेवाग्राही शेयर दरखास्ता नबुझाई घरतिर फर्केका थिए । बैकका म्यानेजर केदार आचार्यको फितलो व्यवस्थापनले सेवाग्राहीले कुटिनु र दुःख पाउनु परेको सर्वसाधारण गुनासो छ ।

बैकमा सेवाग्राहीको अत्याधिक भिड हुँदा हुनसक्ने विवाद र लफाडाबारे बैकका म्यानेजर आचार्यले कुनै सुरक्षा प्रवन्ध गर्न नसक्नु    कमजोरी भएको बताइएको छ । बैकका म्यानेजर आचार्यले कुटाकुट भई सेवाग्राहीको मुखबाट रगत बग्दा समेत आफ्नो कुर्ची छाडेर तल झर्न नखोजेर वेवास्ता गरेको भनी सेवाग्राही थप आक्रोशित बनेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शेखर खनालले भने,‘बैकको म्यानेजरले सर्वसाधारणको भिड भएपछि प्रहरीलाई खवर गर्नुपर्ने थियो तर गरेको पाइएन । पहिले नै प्रहरीलाई खवर गरेको भए घटना हुने सम्भावना रहने थिएन । घटना घटेपछि पनि धेरैबेर पछि मात्र वैकको म्यानेजरले खवर नगरी प्रहरीलाई सर्वसाधारणले जानकारी गराएका थिए ।’

डिएसपी खनालले कुटाकुटमा संलग्न सेवाग्राही र बैकको गार्डलाई नियन्त्रणमा लिएको बताएका छन् । डिएसपी खनालले सेवाग्राही र गार्ड विच पहिले कसले कुटेको हो भन्नेबारे अनुसन्धान हुँदै गरेको समेत बताए । हाइडूोपावरका प्रवन्धक उपेन्द्र गौतमलाई सेवाग्राहीले कुटाई खानुपरेको बारे जिज्ञासा राख्दा केही कमजोरी व्यवस्थापनमा देखिएको भनी नजानिदो पाराले बैकको म्यानेजरबाट व्यवस्थापनको कमजोरीलाई स्वीकार गरे ।

केही दिन यता बैकमा शेयर वापतको दरखास्त फाराम लिने र शेयर खरीद रकम जम्मा गर्ने सर्वसाधारण सेवाग्राहीको भिड लाग्दै आएको छ । पर्वतमा युनाईटेड मोदी हाइडूोपावर लिमिटेडले साधारण शेयर खरिद दरखास्त फाराम देवःविकास वैक मार्फत् वितरण गर्दै आएको छ ।

हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्र पर्वत जिल्लाका बासिन्दाहरुका निमित्त साधारण शेयर खरिद दरखास्ता फाराम वितरण गरेको छ । शेयर वापत खुला गरेको रकम ११ करोड ५० लाख छ । युनाइटेडले नयाँ हाइड्रोपावर संचालन गर्न शेयर खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै