२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वाइन फ्लु र हङकङ फ्लु फेला

२०७५, २९ भाद्र शुक्रबार १७:०७

भदौ २९, राजविराज | सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । 

ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताउनुभयो । 

कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको बताउँदै उहाँले भारतको झारखण्डस्थित बाबाधाम गएर आएका कञ्चनरुप नगरपालिका–४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं ७ का साहमा स्वाइन फ्लुको सङ्क्रमण देखिएपछि उतैबाट रोगको सङ्क्रमण शुरु भएको हुन सक्ने आशङ्का गरिएको जानकारी दिनुभयो । 

कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा बिरामी बढ्न थालेपछि भदौ २४ गतेदेखि सप्तरीको कञ्चनपुर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार १२२ जनाको स्वास्थ्य परीक्षण गराइएका छन् । जसमध्ये २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रमुख यादवले बताउनुभयो । 

सोही परीक्षणपश्चात् कञ्चनरुप नगरपालिका–७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण भएको पाइएको र कञ्चनरुपका अन्य चार जना तथा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको यादवले जानकारी दिनुभयो । 

जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबार सम्पन्न आपत्कालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा सहायता कक्ष राख्ने विषयमा निर्णय भएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

साथै प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै स्वाइन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भीडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गर्नुभयो । 

यसअघि ज्वरो र रुघाखोकीबाट ग्रसित कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र वडा नं ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । 

यस्तै ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका–४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको पनि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा उपचारकै क्रममा मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ