भदौ २९, सर्लाही | सर्लाही गोडैता नगरपालिकामा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोडैता नपा–१० सिसौटिया बस्ने पप्पु मण्डलको ३५ वर्षीय श्रीमती रिङकुकुमारी मण्डल रहेको छ ।

आफ्नै घरको विद्युतीय मिटर बक्सको तार मुसाले काटेको र उक्त तारमा टेप लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि सर्लाही अस्पताल मलङ्गवामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रासस