मङ्सिर ८, काठमाडौं । नयाँ बानेश्वरको सुकुम्वासी टोलमा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइटमा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
छुरा प्रहारबाट घाइते भएका विक्की मगरको उपचारको क्रममा नयाँ बानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाउको छ ।

एउटै समूहका युवाहरुबीच गाँजालाई लिएर झगडा हुँदा छुरा हानाहान भएको पाइएको छ । झडपमा अनिल श्रेष्ठ गम्भीर घाइते भएका छन ्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।