२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म निलम्बनमा परेको छैन, जहाज उडाउँदैछु ः क्याप्टेन विश्वकर्मा

२०७९, १० माघ मंगलवार १२:११

माघ १०, काठमाडौँ | नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताउनुभएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको स्पष्ट गर्नुभएको हो । 


नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमान्ने पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर आफू उक्त उडानमा संलग्न नभएकाले निलम्बन नपरेको क्याप्टेन विश्वकर्माले बताउनुभयो । उहाँले रासससँग भन्नुभयो, “म हङकङ विमानस्थलमा यात्रुजस्तै भएर पछाडि बसेको थिएँ, त्यसमा मेरो कुनै संलग्नता छैन, यस्तो सूचना कसले दियो दियोे म अचम्ममा परेको छु, आज पनि मैले जहाज उडाउँदै छु ।”

उहाँले आफू आज राति सिङ्गापुर उडानमा जान लागेकोसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म विशेषज्ञ पाइलट हो, मैले कुनै गल्ती नै गरेको छैन भने किन निलम्बनमा पर्नु ? मत आज सिङ्गापुर फ्लाइटमा जाँदैछु ।” उता नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमान्ने पाइलट उद्धव घिमिरे र राजेश कुशवाह तथा काठमाडौँबाट जापान उड्ने क्रममा ‘स्टान्डर अप्रेसनल प्रोस्युड्युल’ पालना नगरेको भन्दै प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले दिएको निर्देशनअनुसार निलम्बन गरिएको बताउनुभयो । उहाँले पनि पाइलट नरबहादुर विश्वकर्मा उक्त फ्लाइटमा भए पनि निलम्बनमा भने नगरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड