३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बस स्टप’ परिवर्तन हुँदा यात्रु मर्कामा

१२ पुष २०७५, बिहीबार ०७:००

अच्युत रेग्मी | पुस १२, काठमाडौँ | दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् । 

काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल आसपासको क्षेत्रमा सवारी आवागमन व्यवस्थित बनाउन बस स्टप परिवर्तन गर्दा यात्रु मर्कामा परेका हुन् । 

तारकेश्वर नगरपालिका मनमैजु बस्ने कमला गुरुङ भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पस जान हिँड्नुभयो । अरु दिन भृकुटीमण्डप ओर्लने उहाँ बस बिसौनी परिवर्तन भएपछि जमल ओर्लनुपर्यो । “जनतालाई दुःख दिएर के गर्न खोजेको हो, कुनै जानकारी बिना नै एक्कासि जमल ओर्लनुप¥यो ?”, उहाँले गुनासो गर्नुभयो । सुन्धारा जान लगनखेलबाट बस चढ्नुभएका अनिल ठकुरीलाई रत्नापार्कमा रोकिदियो । “म त सुन्धारामा झार्दिन्छ भनेर यो बस चढेको हो, किन रत्नापार्कमा झार्दियो”, उहाँले रिसाउँदै भन्नुभयो । कमला र अनिलजस्ता लाखौँ यात्रुले अहिले उक्त समस्या भोग्नुपरेको छ । 

काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही पुस १ गतेदेखि एउटा रुटको सवारी साधनलाई टुँडिखेल वरपरको दुई ठाउँमा मात्र यात्रु ओराल्ने र चढ्ने व्यवस्था मिलाएपछि यात्रुले उक्त समस्या भोग्नुपरेको हो । पहिला एउटै रुटको बसले चार ठाउँमा यात्रु ओराल्ने तथा उकाल्ने गरेकोमा अहिले कम भएपछि यात्रु मर्कामा परेका हुन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले भद्रगोल भएको ट्राफिक व्यवस्था सहज बनाउन यात्रु ओर्लने र चढ्ने केन्द्रहरु परिवर्तन गरेको बताउनुहुन्छ । “एकै ठाँउबाट सवारी साधनले यात्रु ओराल्ने तथा चढाउने गर्दा सवारी साधन आगमनमा समस्या प¥यो, सवारी साधन जाम हुने भएकाले छुट्टाछुट्टै बस स्टप निर्धारण गरेका हौँ”, उहाँ भन्नुहुन्छ । 

यात्रु ओर्लने र चढ्ने स्थान व्यवस्थित बनाउँदा केही समस्या भएको उहाँको भनाइ थियो । यात्रुलाई आफूले चढ्ने सवारी साधनको ठाउँ र सडकको बारेमा पनि महाशाखाले जानकारी दिन थालेको उहाँले बताउनुभयो । 

नयाँ निर्धारण गरिएको बस बिसौनी सामाखुशी हुँदै गोँगबु चल्ने सवारी साधन, सीतापाइला हुँदै इचङ्गु चल्ने, नयाँ बजार हुँदै बालाजु, तारकेश्वर चल्ने सवारीलाई जमल र आरएनएसीमा यात्रु आर्लने तथा चढ्ने व्यवस्था गरिएको छ । दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन बङ्गलामुखी यातायात, सिटी यातायात र अन्नपूर्ण सेवालाई काठमाडौँ मल अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था मिलाइएको छ । 

यसैगरी बूढानीलकण्ठ, विशालनगर, कपन, धूमबराही, धापासी, मण्डिखाटारलगायतका क्षेत्रमा जाने सवारी साधनलाई पनि काठमाडौँ मल अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था गरिएको छ । साझा यातायात, पाटनढोका यातायात, शिवपुरी बूढानीलकण्ठ यातायात र हामी सबैको यातायातलाई आरएनएसी अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था मिलाइएको छ । स्वयम्भू, गौशाला, तीनचुले, इमाडोल सडकमा चल्ने टेम्पोलाई पनि काठमाडौँ मल अगाडिबाट यात्रु ओर्लने र चढ्ने व्यवस्था मिलाइएको छ । 

लगनखेल, भैँसेपाटी, गोठाटार यातायात, लालुपाते यातायात कोटेश्वर, अन्नपूर्ण यातायात, लगनखेल, कलङ्की निलो माइक्रो, दक्षिणकाली माइक्रोबस समिति, जोरपाटी माइक्रो, बूढानीलकण्ठ बस समिति, न्यू अन्नपूर्ण टेम्पो, कान्तिपुर यातायातलाई रत्नपार्कबाट यात्रु आर्लने तथा चढ्ने व्यवस्था मिलाइएको छ । साझा यातायात, हामी सबैको यातायात, शिवपुरी बूढानीलकण्ठ सेवा, ललितपुर यातायात, नेपाल यातायात गोठाटार, जनता यातायात कलङ्कीलाई राष्ट्रिय सभागृह अगाडि यात्रु उकाल्ने तथा ओराल्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली