३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक, यस्ता छन् सुविधा

१२ पुष २०७५, बिहीबार ०७:०६

पुस १२, काठमाडौं | वल्र्डलिंकले ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको छ । विश्वमा भईरहेको प्रविधिको विकासलाई समानान्तर रुपमा अघि बढाउन वल्र्डलिंकले  ‘नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको प्रोडक्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस रहेको छ । कम्पनीले यसअघि ग्राहकलाई प्रदान गर्दै आएको ब्याण्डविथमा थप गरेर ग्राहकलाई इन्टरनेटको नयाँ अनुभव प्रदान गर्न लागेको हो ।

यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थपगर्ने मात्र नभएर ग्राहकलाई उनीहरुले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ । 

वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । यसले मर्मत सम्भार र समय–समयमा इन्टरनेटमा आउने समस्याबाट ग्राहकलाई पर्न गएको क्षतिलाई कम्पनीले समायोजन गर्नेछ । यसको अर्थ, २४ घण्टा भित्र इन्टरनेटमा आएको समस्या समाधान नभएको खण्डमा कम्पनीले उक्त अवधिको सत प्रतिशत समय अवधी थप गर्ने भएको छ ।

यसका साथै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताले भोगी रहेको इन्टरनेट स्लो हुने र चोरी हुने समस्यालाई समाधान गर्नको लागि ‘म्यानेज्ड वाईफाई’ फिचर्स ल्याएको छ । यो फिर्चस मार्फत ग्राहकले आफ्नो राउटरमा जोडिएका डिभाइस र ब्याड्विथको खपतमाथि कन्ट्रोल गर्न सक्नेछन् ।

साथै इन्टरनेटको उच्चताप अनुभवको लागि कम्पनीले ड्यूल ब्याण्ड राउटर समेत प्रदान गर्ने भएको छ् । त्यतिमात्रै नभएर कम्पनीले ग्राहकलाई थप सुविधा प्रदान गर्नको लागि ‘डिस्काउन्ट एप’ पनि ल्याएको छ । यस अन्र्तगत कम्पनीका ग्राहकले ७५०भन्दा बढी विभिन्न रेस्टुरेन्ट, आउटलेटका साथै फिटनेस सेन्टरमा छुट प्राप्त गर्नेछन् ।

कम्पनीले नेट टिभीको सहकार्यमा यसअघि ग्राहकलाई उपलब्ध गराउँदै आएको नेट टिभी सेवालाई पनि थप आर्कषक बनाएको छ् । कम्पनीले नेट टिभीमा ‘बेसिक प्लस स्पोटर्स’ र ‘इन्टरटेन्मेन्ट एचडी र बेसिक प्लस अल एचडी च्यानल’ प्याकेज ल्याएको छ । यसमा ५५ भन्दा बढी एचडी च्यानल र २३० भन्दा बढी एसडी च्यानल रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ