2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

१२ बर्षका बालक बसे ३ जना अभिभावकको किरियापुत्री

दान बहादुर बुढा | कार्तिक २०, मुगु | एक बर्षभित्रै परिवारका ३ जना अभिभावकको किरियापुत्री बस्नुपरेका १२ बर्षय बालक युवराजको बिचल्ली भएको छ | लुक्न नसकेको पीडा आँसुका धारामा पोखि इरहेको छ |

नत घरमा खाना छ, नत लगाउने ओडने ओछयाउने कपडा छन्, अझ एक बर्षभित्रै बाबु, बाजे र बज्यैको निधन भएपछि मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटी गाँउका एक कुमाल परिवारमा बज्रपात नै परेको छ । 

आलु माथि पिडाँलु भने झै उसै त गरिब रहेको कुमाल परिवारले एक वर्ष भित्रै बाबु, बाजे र हालै बजैको समेत मृत्य भएपछि ठूलो बाजे, बज्यै सहित ८ सदस्यीय परिवारलाई एक बर्ष अघि सम्म बाबु र बाजेले गाँउघर र अन्यत्र ज्यालादारी काम गर्दै घर खर्च जेनतेन टार्दै आएका थिए |

४ सन्तानकी आमा परिवारको हेरचाह र घरको काममा लागि परेकी थिइन । तर गत वर्ष असोज ७ गते २८ बर्षकै उमेरमै पुर्ण बहादुर कुमाल, असाढ २१ गते बाजे जयरुप कुमाल र कार्तिक १३ गते विहिवार बज्यै चाउली कुमाईको मृत्यु भएपछि घरपरिवार शोकमा मात्रै डुबेको छैन विचल्लीमा परेका छन ।

घरमा भएका ४ बालबालिका मध्ये जेठा १२ वर्षिय युवराज कुमालले बाबु र बाजेको किरिया पुत्रीमा बसेका थिए । विहिबार बज्यैको पनि निधन भएपछि उनै १२ वर्षिय बालक युवराज फेरि किरियापुत्री बसेका छन् । घरका ठुला र अविभावक कोहि नभएपछि २५ वर्षिय आमा सौमती कुमालले युवराज सहित अन्य ३ बालबालिकालाई गाँउघरमा मागिडोली गरेर पेट पाल्दै आएकी छिन् । 

उनलाई किरिया खर्च जुटाउने देखि छोराछोरी कसरी पाल्ने सम्मको समस्या परेको छ । जसो तसो गाँउलेहरुले दैनिक माना उठाएर बज्यैको किरिया बसेका १२ बर्षे बालकलाई पाल्दै आएका छन् । अन्य परिवारको विचल्ली छ मामा जेठ बहादुर विक भने । 

खानाको मात्र समस्या होईन लगाउने, ओडने ओछयाउने लुगा छैनन, घर भत्कीएको छ, छानो छैन, हिउँ परे चिसो कसरी कटाउने समस्या छ, सधै छरछिमेकीले कति हेर्लान, कोही सहयोगी मन भेटिए भाञ्जाभाञ्जीको शिक्षादिक्षा र पालन पोषाणमा सहयोग पुग्थ्यो की मामाले अनुनयमिश्रित आवाजमा भने । किरिया बसेका भाञ्जालाई १३ दिनको काम सकिएपछि लगाउने लुगा पनि छैनन भने हालत कस्तो छ ? आफै बुझ्नुस | उनले भने | 

९ वर्षे छोरी झरना कुमाल, ७ बर्षे छोरा विराज कुमाल र एक २ बर्षे कोखे छोरा काखमा रहेको र जेठो छोरा १२ बर्षको युवराज कुमाल बजैको किरिया पुत्री बसेको बताउँदै आमा सौमती बताएकी छन | घरमा खाना लाउनका लागी दुख्ख पाएकै थियौं, जसो तसो श्रीमान र ससुराले कमाई घर धानेकै थिए, के दशा लाग्यो १ वर्ष पहिला श्रीमान विते, असाढमा ससुरा अहिले सासु वितिन,आमाबाबुको काखमा रमाउने उमेरमा १२ बर्षको छोरो किरिया बस्नु परेको छ त्यो पनि एकै बर्षमा ३ चोटी, कस्तो भाग्य लेखेर ल्याएका रहेछौ बरु सबै परिवारलाई लिए पनि हुथ्यो भगवानले ।’

वरिपरिकाले आजसम्म जसोतसो खान दिएका छन उहाँहरुले पनि कति दिन देलाान यी साना छोरा छोरी कसरी पालुँला ?’ यो परिवारमा आई परेको दुख्ख देखेर गाँउ मात्र होईन थाहा पाउने जोसुकै दुखित हुने गरेका छन् । त्यस माथी १२ बर्षे बालकले एकै बर्षमा बाबु, बाजे र बजैको किरिया बस्नु परेको अवस्थाले झन मानिसहरुलाई बेचैन बनाउने गरेको छ । 

अझ लुक्न नसकेको उनको पीडा आँसु बनेर बाहिर पोखिदा त्यहाँ पुग्ने जोसुकैलाई मुटुमै बिझ्छ । सधै अरुको काम गरेर पालिदै आएको यो परिवार अहिले घरमा कमाउने जनशक्ति नहुदा भोकभोकै बस्नु पर्ने अवस्था छ । छरछिमेकी र मामा घरकाले दैनिक माना पाथी दिई हालसम्म पाल्दै आएपनि अब उनीहरुको भविष्य के हुने अन्यौल छ |

राज्यले शिक्षा, स्वास्थ्य, गाँस र बास नभएको नागरिक हुनै छैन तथा यी नागरिकका नैसर्गिक अधिकार हुनेछन भनेर संवैधानिक प्रावधान राखेपनि त्यो यस्तो परिवारका लागि आकाशको फल आँखा तरि मर सरह छ । देशमा तीन तहको सरकार भएपनि गरिबको अवस्था उस्तै छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो