२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब युवतीले आफ्नो प्रेमिकाका लागि लिङ्ग परिवर्तन गरिन् !

२०७५, १२ पुष बिहीबार ०६:२९

पुस १२, काठमाडौं (एजेन्सी |‘उनले सधैं भन्ने गर्थिन्, म केटा भए विवाह गर्नेथिन् । उनको कुरामा म हाँस्दै भन्थे, सायद अर्को जन्ममा सम्भव होला । यो एक ठट्टाको रुपमा सुरु भयो तर समयसँगै हामी सिरियस हुन थाल्यौं । उनले मलाई श्रीमानको रुपमा हेर्थिन् । हामी बिस्तारै एक–अर्कामा श्रीमान्–श्रीमती देख्न थाल्यौं ।’

दिपु आर दर्शन, एयर म्यानेजमेन्टमा डिप्लोमा गरेका २३ वर्षे युवती आफूसँगै काम गर्ने युवतीको यस्तो प्रेममा परे कि उनले आफ्नो लैङ्गिकताको पुनः पहिचान गर्नुपर्ने आवश्यकता ठाने । सन् २०१७ को नोभेम्बरमा दिपु, दिपु थिएनन्, उनी थिए अर्चना राजन जो केरलाको इलेक्ट्रोनिक कम्पनीको विक्रि शाखामा काम गर्थिन् ।

त्यही कम्पनीको अर्को शाखामा काम गर्थिन् सपना (नाम परिवर्तित), उनीभन्दा एक वर्ष कान्छी थिइन्, जो ग्राहक सेवा विभागमा थिइन् । उनीहरुको त्यही महिना भेट भयो र निकै छोटो समयमा नजिकका साथी भए । समय बित्दै जाँदा, अर्चनाले बताए अनुसार, ‘आफूहरु एक अर्काको जीवनसाथीको रुपमा रहन चाहेको महसुस हुन थाल्यो’ ।

‘हामी एक अर्कासँग जस्तो कुरा पनि सेयर गर्न सक्थ्यौं । हामी सुरुमा साथी थियौं तर हाम्रो भुमिका बिस्तारै परिवर्तन हुन थाल्यो । म उनलाई श्रीमतीको रुपमा हेर्थें र उनले मलाई श्रीमानको रुपमा,’ अर्चनाले फोनमा भनिन् ।

सपनाको दबाबमा नै आफूले लिङ्ग परिवर्तन गर्नेबारे सोचेको अर्चनाले दाबी गरिन् । यसो गरेर आफूले सपनाको श्रीमान् बन्ने सपना देखेको उनले बताइन् । सपनालाई विवाहको अनगिन्ति प्रस्ताव आउन थालेकाले पनि आफू यो कुरामा गम्भीर भएको उनले थपिन् । सपनाले पहिले नै विवाहको धेरै नै प्रस्ताव अस्विकार गरेको र सधैं यस्तो गरिराख्न नसक्ने भएकाले यस्तो निर्णय लिइएको अर्चनाले बताइन् ।

थुप्रै अनुसन्धान र काकाको थोरै सहयोगपश्चात् अर्चनाले यस वर्षको अक्टोबर २५ तारिखमा लिङ्ग परिवर्तनका लागि शल्यक्रिया गराए । त्यसपछि आफूले सपनाले सुझाएको नाम ‘दिपु’ राखेको बताए । सफल शल्यक्रिया, हर्मोन थेरापी र परामर्शपश्चात् दिपु आफ्नो केरलास्थित घर यसकारण फर्किए किनभने उनलाई सपना गइसकेकी छिन् भन्ने थाहा भयो । उनको फोन र मेसेजको रिप्लाई आउन बन्द भइसकेका थिए ।

पहिलो भेट भएको ठिक एक वर्षपछि नोभेम्बर ६ मा विवाह गरेर सँगै बाँच्ने सपना देखाउने सपनाले आफूलाई धोका दिएको भन्दै दिपुले उनीविरुद्ध पेरुभान्नहामुज्ही पुलिस स्टेशनमा ऊजुरी दर्ता गरे । तर दुई महिना बितिसक्दा पनि दुई परिवारलाई आफैं मुद्दा सल्टाउन अपिल गर्दै पुलिसले उनको ऊजुरी दर्ता गरेको छैन ।  आफूलाई यस्तो धोका होला भन्ने कहिले पनि नसोचेका कारण निकै आफू तनावमा रहेको र जीवन नै अन्त्य गर्नेबारे सोचेको दिपुले बताए ।

‘शल्यक्रिया हुनु दुई दिन अघि मात्रै हामीले निकै लामो समयसम्म कुरा गरेका थियौं । हामीले राती ११ देखि बिहान चारबजेसम्म कुरा गरेका थियौं । उनी केरलामा बस्न नचाहने भएकाले हामीले शल्यक्रियापश्चात् तिरुप्पुर भाग्ने योजना बनाएका थियौं । हाम्रो परिवारलाई यो सम्बन्धबारे थाहा थिएन,’ दिपुले भने ।

‘उनको मायाकै कारण म यो शल्यक्रिया गर्न लालायित भएको हुँ । मलाई आफूमा जति विश्वास थियो, त्योभन्दा बढी मैले उनलाई माया गरेँ,’ दिपुले भने, ‘यो सम्बन्ध गन्तव्यमा नपुग्ने हो कि भन्ने मलाई सधैं डर हुन्थ्यो ।’


अफिसका साथीहरुले उनीहरु कहिले पनि सँगै बस्न नसक्ने बताउँदा आफू जहिले पनि चुप लागेर बस्ने गरेको उनले बताए ।

‘तर सपनाले भने उनीहरुलाई कराउँथिन्, यसबारे कुराकानी गर्थिन् । उनी निकै साहसी थिइन् । जब मैले शल्यक्रियाबारे सोचें तब मेरो सोच परिवर्तन हुने हो कि भनेर डराउँथे । तर सपनाको सोच परिवर्तन होला भनेर कहिले पनि शंका गरिनँ,’ उनले भने ।

दिपुले ऊजुरी दिएपछि सपना आफ्नो परिवारसँगै आफ्नो बयान दिन पुलिस थाना आएको उनले बताए । त्यहाँ सपनाले, दिपुका अनुसार, दिपु राम्रो साथीबाहेक अन्य केही पनि नभएको बताइन् । उनले भने, ‘त्यहाँ सपनाले मेरो मानसिक स्थिती ठिक नभएको भनी आरोपसमेत लगाइन् ।’

सपनाले परिवारको दबाबमा त्यस्तो भनिरहेको ठानेर दिपुले केरला उच्च न्यायालयमा अर्को मुद्दा दर्ता गरे । तर त्यहाँ पनि सपनाले त्यही कुरा दोहोराइन् । तेस्रो पटक, दुई परिवारको भेटमा पनि सपनाले आफूहरु बीच त्यस्तो कुनै पनि सम्बन्ध नरहेको बताइन् ।

पेरुभान्नामुज्ही पुलिस स्टेशनका उप–निरिक्षकले यही कुरा दोहोराए, ‘हामीले ती युवतीलाई बयानका लागि बोलायौं । उनले आफूहरु साथीबाहेक अरु केही नभएको बताइन् । दिपुले आफूलाई कुनै खबरै नगरी आफ्नो मनलाग्दीमा शल्यक्रिया गराएको उनले बताइन् । त्यसकारण हामीले जे गर्न सक्थ्यौं त्यो गर्यौं । मैले दिपुलाई वकिलसँग कुरा गर्न र चाहेको खण्डमा कानुनी प्रक्रिया अपनाउन सक्नेबारे बताएको छु ।’

सपना र उनका परिवार प्रतिक्रियाका लागि उपलब्ध थिएनन् ।

सपनाले परिवारको दबाबमा आफ्नो कुरा परिवर्तन गरेको हुनसक्ने दिपुको आशंका छ तर यो कुराले उनलाई विश्वस्त बनाउन सकेको छैन । ‘उनले यसबारे मुख खोल्नुपर्छ किनभने अब मेरो के हुन्छ मलाई नै थाहा छैन । उनीबिना म आफ्नो जीवन कल्पना पनि गर्न सक्दिनँ,’ उनले भने ।

‘मैले उनीसँग जीवन नबिताउने हो भने आफ्नो जीवन नै अन्त्य गरिदिने सपनाले  चेतावनी दिन्थिन् । तर आज जीवन र मृत्युबीच म उभिएको छु । योभन्दा लज्जाको कुरा मेरो लागि के होला ?’ उनले भने । 

रातोपाटीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए