आत्महत्या गरेका एक युवकको पहिचान नखुल्दा शव अस्पतालमै अलपत्र

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

चैत ७, काठमाडौं । काठमाडौको नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन बितिसक्दा पनि पहिचान नखुलेपछि शव त्रिवि शिक्षण अस्पतालमै अलपत्र परेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार मृत्यु हुने युवकले आफ्नो घर धादिङको केराबारी बताउने गरेका थिए । मिस्त्री काम गर्ने उनले साथीभाइ मध्ये कसैलाई आफ्नो नाम रवीन्द्र तामाङ त कसैलाई दिपक स्याङ्त्याङ बताउने गरेका थिए ।

तर, उनको यो ठेगाना र पहिचानबाट प्रहरीले मृतकको परिवार र आफन्तलाई फेला पार्न सकेको छैन । उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल त पठाइएको छ तर, प्रक्रिया अघि बढ्न सकेको छैन । कानूनतः पोष्टमार्टमका लागि मृतकको परिवारले जाहेरी दिनुपर्ने हुन्छ ।

उनी एक वर्षअघि देखि नैकापस्थित खड्गराज आरनको घरमा भाडामा बस्दै आएको प्रहरीको भनाइ छ । उनले प्रयोग गर्ने गरेको मोबाइलको सीम कार्ड पनि आफ्नो नाममा छैन ।

गहुँ गोरो वर्ण, पातलो शरीर र ५ फिट ६ इञ्च उचाइ र ९८०३७७८३२४, ९८६९७४९८२४, ९८१३११८५४४ र ९८०३७७७९७६ गरी ४ वटा नम्बरको मोबाइल बोक्ने उनलाई चिन्ने व्यक्ति वा परिवारका सदस्यले नजिककै रहेको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन थानकोट प्रहरीले अनुरोध गरेको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply