By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    21 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    21 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: उद्यान विकास तथा व्यवस्थापन कार्यविधि जारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > उद्यान विकास तथा व्यवस्थापन कार्यविधि जारी
अर्थ/विकासकाठमाडौँ - KTM

उद्यान विकास तथा व्यवस्थापन कार्यविधि जारी

साझासवाल
Last updated: May 1, 2019 2:06 am
साझासवाल
6 Min Read
Share

पूर्णप्रसाद मिश्र | वैशाख १८, काठमाडौँ | देशका सामाजिक, सांस्कृतिक, जैविक पहिचानको संरक्षण र विज्ञान प्रविधिको प्रवद्र्धन गर्न सरकारले उद्यान विकास तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले गत चैत २१ गते कार्यविधि स्वीकृत गरेको शहरी विकास मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका उद्यान, वाटिका, मनोरञ्जनस्थल, शहीदस्मारक एवं शान्ति उद्यानमार्फत सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्न, पर्यटन व्यवसायको विकास गर्न, शहरी एवं ग्रामीण क्षेत्रको सुन्दरता कायम गर्न, सबैको पहुँच हुने गरी खुला ठाउँको संरक्षण गरी विपद् व्यवस्थापनमा सहयोग पुर्याउन कार्यविधि ल्याइएको मन्त्रालयको शहरी विकास महाशाखाका वरिष्ठ डिभिजनल इञ्जिनीयर एकराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

निश्चित मापदण्डका आधारमा देशभरका उद्यानको विकास, प्रवद्र्धन, व्यवस्थापन गरी वातावरण र जनस्वास्थ्यमा समेत सकारात्मक सुधार ल्याउन कार्यविधि ल्याइएको हो । कार्यविधिअनुसार राष्ट्रियस्तरको उद्यान, खुला हरियालीस्थल, वाटिका तथा मनोरञ्जनस्थलसम्बन्धी नीति, मापदण्ड, तर्जुमा गरी सरकारसमक्ष सिफारिस गर्न शहरी विकासमन्त्रीको अध्यक्षतामा केन्द्रीय उद्यान समन्वय समिति गठन हुनेछ । 

समितिमा शहरी विकास सचिव, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव सदस्य रहने व्यवस्था छ । समितिको सदस्यसचिव शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक रहने जनाइएको छ ।

उद्यान, वाटिका तथा मनोरञ्जनस्थलको पहिचान गरी विकास तथा व्यवस्थापन गर्न आवश्यक नीति निर्माण, स्रोतसाधनको व्यवस्थाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, न्यूनतम मापदण्ड स्वीकृत गर्ने, यस्ता स्थलको सूची स्वीकृत गर्ने, राष्ट्रियस्तरका उद्यान घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने, यस्ता उद्यानको गुरुयोजना स्वीकृतिका लागि सरकारसमक्ष सिफारिस गर्ने, राष्ट्रियस्तरका उद्यान निर्माण तथा व्यवस्थापनका लागि आवश्यकताअनुसार समिति गठनका लागि सिफारिस गर्ने गरी समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ । 

समितिको निर्णय कार्यान्वयन विभागअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइले गर्नेछ । कार्यविधिले उद्यानलाई छ भागमा वर्गीकरण गर्न सकिने व्यवस्था गरेको छ । जसमा प्राकृतिक एवं पर्यावरणीय, सांस्कृतिक एवं ऐतिहासिक, वनस्पति, बाल, विज्ञान तथा सूचना प्रविधि र औद्योगिक उद्यान छन् । 

राष्ट्रियस्तरका उद्यानको संरचना निर्माण तथा व्यवस्थापन गर्न, निर्माण गरिने संरचनाको काम कारवाही सञ्चालन गर्न शहरी विकास मन्त्रालयले आवश्यक व्यवस्था गर्नसक्ने प्रावधान कार्यविधिमा छ । कार्यविधिले राष्ट्रियस्तरका उद्यानको मापदण्ड पनि तोकेको छ ।

अब राष्ट्रियस्तरको उद्यान हुन शहरको पहुँच भागमा हुनुपर्ने, सबै वर्ग र समुदायका लागि सहज, कम्तीमा दुई लेनको सडकले जोडिएको हुनुपर्ने, नदी प्रणाली वा हरित र खुला क्षेत्रलाई अन्तरसम्बन्ध गरिएको हुनुपर्ने गरी अवस्थित र पहुँचको मापदण्ड तोकिएको छ ।

क्षेत्रफल/भू–उपयोगको दोस्रो मापदण्डमा समितिले तोकेबमोजिमको जग्गा, उद्यानमा कम्तीमा ५० प्रतिशत भाग खुला, १५ प्रतिशतभन्दा बढी संरचना निर्माण गर्न नपाइने, उद्यानमा कार्यालय क्षेत्र (कार्यालय, टिकट काउन्टर, बैठककक्ष, प्रतीक्षालय, सूचना केन्द्र आदि), मनोरञ्जन क्षेत्र (वनभोजस्थल, बाल उद्यान), खेलकूद क्षेत्र, पार्किङस्थललगायत क्षेत्र हुनुपर्ने व्यवस्था गरिएको छ ।

उद्यानमा आवश्यकताअनुसार राष्ट्रिय पहिचान झल्काउने कला, वास्तुकला, वनस्पति, जातजातिको वेषभूषा, रहनसहनका वस्तु, स्थानीय वनस्पति र फलफूलका रुखबिरुवा, आन्तरिक संरचना, स्थानीय सीप, शैली, सामग्री प्रविधिबाट निर्मित हुनुपर्ने गरी राष्ट्रियता झल्काउनुपर्ने छ । 

साइकल ट्र्याक र पैदलमार्गको पहुँच यथासम्भव प्राकृतिक निर्माण सामग्रीबाट निर्माण हुनुपर्ने, स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने, महिला, बालबालिका र फरक क्षमता भएका व्यक्तिका लागि समेत शौचालयको व्यवस्था हुनुपर्ने, फोहरमैलाको उचित व्यवस्थापन हुनुपर्ने, बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकको लागि विशेष डिजाइन गरिएको फर्निचरको व्यवस्था हुनुपर्ने, बिजुलीबत्ती, सडकबत्ती, मनोरञ्जन एवं वनभोजस्थलमा विद्युतीय सुविधा गर्नुपर्ने, खेलमैदान र पार्किङस्थलको प्रबन्ध गर्नुपर्ने, बाल उद्यानका साथै बालबालिकाले खेल्ने सामग्रीको व्यवस्था गर्नुपर्ने छ ।

उद्यानको आयआर्जन र व्ययको कोष सञ्चालन पारदर्शी, वनस्पति फलफूलका बिरुवाको स्याहार–सम्भार गर्न तालीमप्राप्त जनशक्ति र नर्सरीको व्यवस्था गर्नुपर्ने, नियमित सरसफाइ हुनुपर्ने, सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने व्यवस्थासमेत कार्यविधिमा गरिएको छ ।

कार्यविधि बनेपछि गोकर्णको शहीद स्मारकले गति लिने 

गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार वर्षदेखि अलपत्र भएपछि कार्यविधि जारी गरी उद्यानहरुलाई व्यवस्थित गर्न खोजिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर अधिकारीले सुनाउनुभयो । स्मारक मन्त्रालयअन्तर्गत आएकाले छिट्टै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी मन्त्रालयले तयारी गरेको छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णमा स्वतन्त्रताका लागि बलिदानी गर्ने शहीदको स्मृतिमा स्मारक (उद्यान) निर्माण गर्ने निर्णय गरेको थियो ।

स्मारक निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईको ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि २४ संरक्षणविद्को स्मृतिमा घुन्सा स्मृति स्मारकसमेत गोकर्णमै बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

स्मारक सरकार–समुदाय–निजी साझेदारीमा निर्माण भएको हो । साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति परियोजनामार्फत स्मारक निर्माण शुरु भएको थियो । विसं २०७४ चैतमा मन्त्रालय खारेजीमा परेपछि चालू आर्थिक वर्षमा आयोजनामा कुनै काम हुन सकेन । करीब ८० प्रतिशत काम सम्पन्न भएर स्मारक अलपत्र छ ।

स्मारक निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल लामो प्रयासपछि शहरी विकास मन्त्रालयअन्तर्गत रहने गरी आयोजना प्रमुख तोकिएकाले काम अघि बढ्ने आशा पलाएको बताउनुहुन्छ । यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक निर्माण भइरहेको छ ।

शहीद स्मारक आयोजना प्रमुख लीला खतिवडा एक वर्षदेखि बजेट अभावमा काम ठप्प रहेकामा हालै रु एक करोड बजेटको व्यवस्था भएपछि काम पुनः शुरु गर्ने तयारी गरिएको बताउनुहुन्छ । पुरानै निर्माण व्यवसायीलाई निश्चित समय तोकेर काम गराइने उहाँले बताउनुभयो । सम्पर्कमा नआउने निर्माण व्यवसायीको ठेक्का रद्द गरी अर्को प्रक्रियामा जाने तयारी पनि आयोजनाले गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण
Next Article दाइजोमा सुत्ने पलङ नल्याएको भन्दै हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

सरकारले विप्लवलाई प्रतिबन्ध लगाउने भनेपछि रेखा थापाले मुख खोलिन्

57 years ago
काठमाडौँ - KTMडोल्पा - DLPसमाज

मसिनेचौर बिमानस्थल सञ्चालन नहुँदा डोल्पाली पिडामा

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

1 year ago
काठमाडौँ - KTMलेख

‘राजपासँग मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै…’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?