टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सञ्चालनमा नआए पछि डोल्पाली पिडामा परेका छन । 

जिल्लामा रहेका २ वटा बिमानस्थल मध्य नियमित रुपमा सञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सञ्चालनमा नआए पछि डोल्पाली पिडामा परेका छन । 

जिल्लामा रहेका २ वटा बिमानस्थल मध्य नियमित रुपमा सञ"/>

2026-09-03 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मसिनेचौर बिमानस्थल सञ्चालन नहुँदा डोल्पाली पिडामा

टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सञ्चालनमा नआए पछि डोल्पाली पिडामा परेका छन । 

जिल्लामा रहेका २ वटा बिमानस्थल मध्य नियमित रुपमा सञ्चालनमा रहेको जुफाल बिमानस्थल कालो पत्रे गर्नको लागि बन्द गरि मसिनेचौर बिमानस्थल महिनौ दिन बिति सक्दा सुचारु नगर्दा डोल्पाली यात्रु मर्कामा परेको हुन । 

जुफाल बिमानस्थलको धावनमार्ग कालो पत्रेको लागि गएको जेष्ठ २५ गतेबाट बन्द गरिएको थियो । कालो पत्रेको लागि बिमानस्थल बन्द गर्नु भन्दा पहिलो जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको सर्वपक्षिय बैठकले एक साता भित्रमा पाहाडाको मसिनेचौर बिमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरे पनि महिनौ बिति सक्दा पनि सञ्चालनमा ल्याउन नसकेको र जनताको यातयातको सेवा बञ्चित गराएको नागारिक समाज डोल्पाको अरोप छ । 

राष्ट्रिय राजमार्गमा नजोडिएका डोल्पाली जनताको एक मात्र यातायातको माध्याम भनेको हवाइ मार्ग रहेको छ । भएको हवाइ मार्ग पनि कालो पत्रको लागि भन्दै महिनौ देखि बन्द रहेको छ भने अर्को बिमानस्थल सञ्चालनको लागि कुनै पनि पहल नगरिएको नागरिक समाजले बिभिन्न निकायमा लिखित र मौखिक रुपमा पहल गरे पनि सुनुवाइ नभएको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए ।

नगारिक उड्यन प्राधिकरणका निर्देशकलाइ लिखित रुपमा गुनासो गर्दा आफुले डोल्पालीको समस्या बुझेको नागरिक समाज देखि सँसद धन बहादुर बुढा पनि गुनासो लिएर आएको र मसिनेचौर बिमानस्थल सञ्चालनको लागि प्राबिधिक अबस्थाको अध्ययन गरि सिङ्गल इन्जीन भएका जहाज उडानको लागि रिपोट पेस गर्न भनि बिर प्रसाद शाहीलाइ भने पनि बिर प्रसाद शाहीले नै हाल सम्म कुनै पनि जानकारि नदिएकोले सञ्चालन गर्ने नगर्ने भन्ने कुराको टुङ्गो नभएको निर्देशले बताए । 

तर यता बिर प्रसाद शाहीसँग बुझदा आफुले टुवीननटर जहाजले पनि उडान भर्न सक्ने भएकोले सबै बिमान कम्पनीले ण्उान गर्न सक्ने रिपोट दिएका जनाए । जहाज कम्पनीले भाडा दरमा नमिले पछि उडान नगरको शाहीको दावि रहेको छ ।

अधिकाँश यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै पदैल जाने गरे पनि बिरामीहरुको लागि भने कुनै पनि माध्यायम छैन । आर्थिक भएकाहरुले प्रति ब्यक्ति ५० हजार रुपैया तिरेर हेलिकप्टर चढ्ने गरे पनि सर्वसाधारणको लागि भने कुनै यातायातका साधान छैनन डोल्पामा । 

राजनितिक दलको पहलमा सम्भावना रहेको नागरिकहरुको भनाइ रहेको छ । लामो समय सम्म पनि बिकल्प नखोजि सञ्चालनमा रहेको बिमानस्थल बन्द गर्दा नागरिकलाइ हरेक सेवाबाट बञ्चित गराएको डोल्पाली जनताको गुनासो छ भने आज सम्म नागरिक समाज डोल्पाबाहेक अन्य कुनै पनि निकायबाट मसिनेचौर बिमानस्थल सञ्चालनको लागि पहल भएको छैन  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही