२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि पक्राउ

२०७६, २७ जेष्ठ सोमबार १६:२०

जेठ २७, भक्तपुर । सूर्यविनायक नगरपालिका कटुञ्जेकी ३३ वर्षीया विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडाँैले पक्राउ गरेको छ । 

ब्यूरोले आइतबार पर्सा सुपर्णपुर–४ साविक वेगनास गाविस ५ कास्की घर भएका २५ वर्षीय (हाल ४४ वर्षीय) देवीरमण अधिकारीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरी आज अधिकारीलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको हो । विसं २०५७ असार ८ गते प्रजापतिको घरमा घरेलु कामदारका रुपमा रहेका अधिकारीले विजयश्वरीलाई कूटो र खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका प्रहरीले जनाएको छ ।

तत्कालीन समयमा मृतकका पति तुलसीभक्त प्रजापति पर्सा जिल्लाको जिल्ला वन प्रमुख रहँदा कार्यालयमा काम गर्ने अधिकारीलाई आफू सरुवा भएसँगै घरमा घरेलु कामदारका रुपमा राखेको पाइएको र मृतकसँग काम गरेवापतको रु ११ हजार पटक पटक माग गर्दा नदिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्या गरी सुन, चाँदी र हिराका गहना तथा नगद चोरी गरी फरार भारतको रक्सौल, बनारस, महाराष्ट्रको पुणे र मुम्बईमा प्रकाश अधिकारीको नाममा बस्दै आएको अुनसन्धानबाट खुलेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह