2026-09-22 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलः दिल्लीको टिममा देखियो कोरोना

वैशाख ५, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । 

हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । 

पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उनीसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हाे । उनकाे नाम भने सार्वजनिक गरिएकाे छैन । 

अब, दिल्लीले आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दै छ । खेलअघि टिम पुणे पुग्नु पर्ने थियो । तर, टिम हाल होटलमै रहेको छ । 

कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ । 

जारी आईपीएलमा दिल्लीले पाँच खेल खेल्दा दुई जित र तीन हारका साथ चार अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा ६ खेल खेल्दै १२ अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ । 

अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा गराउँदा समेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो ।  

प्रतियोगिता अन्तर्गत आज(सोमबार) एक खेल हुँदै छ । बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता किङ्स राईडर भिड्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो