२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसीसी यू–१९ क्रिकेट: नेपालद्वारा शानदार जित, सिंगापुर २१७ रनले पराजित

२०७६, २० असार शुक्रबार ०९:१५

असार २०, काठमाडौं । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध नेपालको फराकिलो जित हात पारेको छ ।  

खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । जसलाई पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाई १०९ रनमै सिमित हुन पुग्यो । 

खेलमा ऋत गौतमको शतकिय पारीको सहयोग र कुल २२६ रनको फराकिलो स्कोर खडा गरेको नेपालको स्कोरलाई सिंगापुरलाई पुरा ओभर पनि टिक्न नसकेर २१७ रनको एतिहासिक जित स्कोर खडा गर्यो । 


खेलमा ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामक पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । आजको खेलमा ऋत गौतम एक्लैले ११५ र कुशल मल्ल ५१ रन बनाएर अविजित रहे । खेलमा सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरु कुशल मल्लले सर्वाधिक ४ विकेट लिए भने तिलकराज भण्डारीले २ र सागर ढकाल र रशिद खानले १/१ विकेट लिए । सिंगापुरको १०९ रन जोड्ने क्रममा हरी कुक्रेजाले ३० रन, कान्नुसमी साथिसले २४ र चंद्र्मौली श्रीदेवले २३ रन बनाए । बाँकी खेलाडीले ५ रनभन्दा बढी जोड्न सकेनन् । 


यो खेलसँगै नेपाल 'ग्रुप ए' को बिजेता बनेको छ । 'ग्रुप बि' बाट आयोजक राष्ट्र मलेसिया २ खेलमा दुवै खेल जित्दै ग्रुपको सबैभन्दा माथिल्लो स्थानमा छ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता