2026-08-25 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज एशिया कपको फाइनल, श्रीलंका र पाकिस्तान उपाधिका लागि भिड्दै

भदौ २६, काठमाडौँ । यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गतको अन्तिम खेलमा आज श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । एसिया कपको फाइनल पुगिसकेका दुवै टोली सुपर फोरमा अपराजित रहन चाहन्छन् । 

यो खेलको विजेता शीर्ष तथा पराजित हुने टोलीले दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछन् । सुपर फोरका अघिल्ला खेलमा पाकिस्तानले भारतलाई ५ तथा अफगानिस्तानलाई एक विकेट हराउँदा श्रीलंकाले भारतविरुद्ध ६ तथा अफगानिस्तानविरुद्ध ४ विकेटको जित निकालेको थियो । 

एशिया कप सुरु हुनुअघि कसैले पनि फाइनलमा श्रीलंका र पाकिस्तान खेल्नेछ भनेर सोचेका थिएनन् । पहिलो खेलमा पनि श्रीलंका अफगानिस्तानसँग पराजित भएको थियो । तर त्यसपछिका लगातार ४ खेल जितेर श्रीलंका फाइनलमा मात्र प्रवेश गरेको छैन, उपाधिको प्रमुख र बलियो दाबेदारी पनि प्रस्तुत गरेको छ । 

आईसीसी वरियतामा पाकिस्तान विश्वको दोस्रो नम्बरमा रहेको टोली हो । जबकी श्रीलंका आठौं नम्बरमा छ । यसले दुई टोलीबीचको भिन्नतालाई स्पष्ट पार्छ । यो वर्ष श्रीलंकाले १६ टी–२० खेल खेलेको छ । जसमा टोलीले जम्मा ६ जित हात पारेको छ । ९ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी भएको छ । अर्थात यस वर्षको एसिया कप अघि टोलीले ११ खेलमा दुई जित मात्रै पाएको थियो । तर टोलीले प्रतियोगितामा फरक स्तरको क्रिकेट खेलिरहेको छ ।

एसिया कपमा यी दुई टोलीले हालसम्म १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा श्रीलंका बलियो देखिन्छ । उसले एसिया कपमा पाकिस्तानलाई १० खेलमा हराएको छ । त्यस्तै, पाकिस्तानले एसिया कपको पाँच खेलमा श्रीलंकालाई हराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन