<p><b>इमरान खान। असोज ५, कपिलवस्तु। </b> अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका दुई जना कर्मचारीलाई बुधवार अन्दाजी साझ ५ बजेतिर ७ हजार घुस लिँदै रंगेहात पक्राउ गरेको छ । </p><p>यसरी पक्राउ पर्नेहरुमा यशोधरा गाउँपालिका वडा नं. ४ का वडा सचिव अयोध्या प्रसाद विश्वकर्मा र कृषि प्राविधिक निमित्त सहायक बृजेश चाई रहेका छन । </p><p>वडा सचिव विश्वकर्माले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीय सर्वसाधारणसँग ७ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुई जना अख्तियारको नियन्त्रणमा रहेका छन ।</p>
कपिलवस्तुका २ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा