८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भ्रष्टाचार सूचकांकमा डेनमार्क पहिलो स्थानमा, नेपालको स्थान कति ?

९ माघ २०७६, बिहीबार ०८:२८

माघ ९, काठमाडौं । नेपालमा भ्रष्टाचार केही घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकले देखाएको छ । ट्रान्सपरेन्सीले इन्टरनेसनलले सार्वजनिक गरेको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल ११ स्थान माथि उक्लिएर १ सय १३औं स्थानमा पुगेको हो । गएको वर्ष नेपाल ३१ अङ्कसहित १ सय २४‍औँ स्थानमा थियो ।

सीपीआईका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशका रुपमा ८७ अङ्कसहित डेनमार्क छ । सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । सोमालियाले जम्मा ९ अङ्कमात्र पाएको छ ।  

दक्षिण एशियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ । भुटान ६८ अङ्कसहित २५ औँ स्थानमा छ । यस्तै भारत र चीन ४१ अङ्कसहित ८०औँ स्थानमा छन् । यस्तै श्रीलङ्का ३८ अङ्कसहित ९३औँ, पाकिस्तान ३२ अङ्कसहित १२०औँ, माल्दिभ्स २९ अङ्कसहित १३०औँ, बङ्गलादेश २६ अङ्कसहित १४६औँ र अफगानिस्तान १६ अङ्कसहित १७३औँ स्थानमा छन् । 

 भ्रष्टाचारविरोधी निकायको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु, खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालमा भ्रष्टाचार कम हुँदै गएको सर्वेक्षणले देखाएको छ । सीपीआईले सूचकाङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका देशहरुकै श्रेणीमा रहेको बताएको छ । 

साथै सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता भनिएअनुसार कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्यामा भने सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरणलगयातमा सुधार गर्दै भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी