जेलबाटै नयाँ दल खोल्ने तयारीमा जुटे रेशम चौधरी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस १६, काठमाडौँ | टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रवार गते कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको उनको पत्नी रञ्जिता श्रेष्ठले पुष्टि गरिन्।

चौधरीले पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने भएका छन्। यसअघि उनले पार्टीको नाम नागरिक समाजवादी पार्टी राख्ने तयारी गरेका थिए। चौधरीका कार्यकर्ताले आयोगमा गई सो नामबारेमा बुझेपछि चौधरीले नागरिक समाजवादी पार्टी नाम नराख्ने निष्कर्षमा पुगेका हुन्।

नागरिक समाजवादी पार्टी आयोगमा अरू कसैले दर्ता गरेकोले पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने निष्कर्षमा पुगेको चौधरीनिकट दामोदर पण्डितले बताएका छन्। पण्डित उक्त पार्टीको अध्यक्षपछिको महत्त्वपूर्ण पदमा रहने भएका छन्। पण्डित यसअघि नेकपा (माओवादी)मा आवद्ध थिए।

पछि उनी बाबुराम भट्टराईसित तत्कालीन नयाँ शक्ति पार्टी दर्ता गराएका थिए। बाबुरामले नयाँ शक्तिलाई तत्कालीन उपेन्द्र यादवको पार्टीसँग एकीकरण गराएपछि पण्डित एकीकृत पार्टीमा नगई स्वतन्त्र भएका थिए। चौधरीकी पत्नी रञ्जिताका अनुसार नयाँ पार्टीको अध्यक्ष चौधरी आफै हुने भएका छन्। तर निर्वाचन आयोगले चौधरीलाई दलको अध्यक्ष बनाउन मानेन भने उनकी पत्नी रञ्जिता हुनेछन्।

‘उहाँ (चौधरी) पार्टीको अध्यक्ष हुनुहनेछ। निर्वाचन आयोगले मानेन भने म अध्यक्ष हुनेछु,’ रञ्जिताले भनिन्। पार्टी दर्ता गराउनुअघि चौधरीका कार्यकर्ता १९ गते बिहान माइतीघर मण्डलामा जम्मा हुने भएका छन्। त्यहाँबाट झाँकीसहित आयोगमा जाने कार्यक्रम रहेको पण्डितले बताए। चौधरीले आयोगसमक्ष पार्टीको नाम ढकीया राख्न प्रस्ताव गर्ने भएका छन्।

२०७४ को प्रतिनिधिसभाको चुनावमा चौधरीले कैलालीबाट चुनाव जितेका थिए। चुनावको बेला पनि उनी पक्राउ गर्नुपर्नेको सूचीमा रहेका थिए। चुनावपछि उनी अदालत गई आत्मसमर्पण गरेका थिए।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply