साउन ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डलाई गरेका चार प्रश्न यस्ता छन् !

२०७३, ४ श्रावण मंगलवार ०१:४६


साउन ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार छलफल गरेका छन् । अविश्वास प्रस्ताव, नयाँ सरकार गठनका संवैधानिक जटिलतालगायत विषयमा शीर्ष नेताबीच छलफल भएको छ । 

बालुवाटारमा करिब एक घन्टा चलेको छलफलमा कुनै सहमति बनेन । तर, सदनमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने समय बाँकी रहेकाले यसबीचमा सहमति प्रयास गर्ने भन्दै नेताहरू उठेका थिए । छलफलमा ओलीले चार विषय उठाएका थिए :

राजीनामा कि अविश्वास प्रस्ताव ?

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राजीनामा र अविश्वास प्रस्तावबारे जिज्ञासा राखेका थिए । ‘तपाईंहरूले मेरो राजीनामा मागेको हो कि अविश्वासको प्रस्ताव दर्ता गराएको हो ? मैले बुझेको छैन, यी दुवै एकैपटक जान सक्दैनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘राजीनामा समझदारीमा हुने कुरा हो, जबर्जस्तीमा हुँदैन । अविश्वास भनेको कुरा बिग्रेको वेला गर्ने कुरा हो । दुईमध्ये तपार्इंहरूको बाटो कुन हो ?’

संविधान संशोधन गर्न तयार छौँ

प्रधानमन्त्री ओलीले पहिले संविधान संशोधनमार्फत नयाँ सरकारको बाटो खोल्नुपर्ने प्रस्ताव गरेका छन् । सरकार संशोधनमा जान तयार रहेको, तर त्यसअघि मुख्य दलबीच समझदारी बन्नुपर्ने उनले बताएका थिए । बैठकमा उनले भने, ‘संविधानमा खाल्टाखुल्टी छन् भने त्यसलाई पुर्न पनि सरकार तयार छ । तर, त्यसमा समझदारीमा जानुपर्ने हुन्छ ।’

खेलमा लाग्ने चिन्ता नलिए हुन्छ

आफू सहमतिका लागि बाधक नबन्ने र संसद् विघटनको बाटोमा पनि नजाने ओलीले प्रस्ट पारेका छन् । उनको भनाइ थियो, ‘बाधक बनेर राजनीतिक खेल म खेल्दिनँ, यसमा कसैले चिन्ता नलिए हुन्छ । तपार्इंहरूले अप्ठ्यारोमा देशलाई पठाउन लाग्नुभएको हो भने त्यस्तो स्थितिमा हामीले के भन्न सक्छौँ र ?’

सभामुखप्रति असन्तुष्टि

सभामुखले अर्थ विधेयक पारित गराउनेतिर भन्दा अविश्वास प्रस्तावलाई अगाडि बढाउने गरी कार्यसूची तोकेर समझदारी भत्काउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए । ६ साउनमा संसद् बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गराउने कार्यसूची छ । एमालेले यसलाई सभामुखको पूर्वाग्रही निर्णय भएको आरोप लगाउँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह