साउन ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डलाई गरेका चार प्रश्न यस्ता छन् !

४ श्रावण २०७३, मंगलवार ०१:४६


साउन ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार छलफल गरेका छन् । अविश्वास प्रस्ताव, नयाँ सरकार गठनका संवैधानिक जटिलतालगायत विषयमा शीर्ष नेताबीच छलफल भएको छ । 

बालुवाटारमा करिब एक घन्टा चलेको छलफलमा कुनै सहमति बनेन । तर, सदनमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने समय बाँकी रहेकाले यसबीचमा सहमति प्रयास गर्ने भन्दै नेताहरू उठेका थिए । छलफलमा ओलीले चार विषय उठाएका थिए :

राजीनामा कि अविश्वास प्रस्ताव ?

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राजीनामा र अविश्वास प्रस्तावबारे जिज्ञासा राखेका थिए । ‘तपाईंहरूले मेरो राजीनामा मागेको हो कि अविश्वासको प्रस्ताव दर्ता गराएको हो ? मैले बुझेको छैन, यी दुवै एकैपटक जान सक्दैनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘राजीनामा समझदारीमा हुने कुरा हो, जबर्जस्तीमा हुँदैन । अविश्वास भनेको कुरा बिग्रेको वेला गर्ने कुरा हो । दुईमध्ये तपार्इंहरूको बाटो कुन हो ?’

संविधान संशोधन गर्न तयार छौँ

प्रधानमन्त्री ओलीले पहिले संविधान संशोधनमार्फत नयाँ सरकारको बाटो खोल्नुपर्ने प्रस्ताव गरेका छन् । सरकार संशोधनमा जान तयार रहेको, तर त्यसअघि मुख्य दलबीच समझदारी बन्नुपर्ने उनले बताएका थिए । बैठकमा उनले भने, ‘संविधानमा खाल्टाखुल्टी छन् भने त्यसलाई पुर्न पनि सरकार तयार छ । तर, त्यसमा समझदारीमा जानुपर्ने हुन्छ ।’

खेलमा लाग्ने चिन्ता नलिए हुन्छ

आफू सहमतिका लागि बाधक नबन्ने र संसद् विघटनको बाटोमा पनि नजाने ओलीले प्रस्ट पारेका छन् । उनको भनाइ थियो, ‘बाधक बनेर राजनीतिक खेल म खेल्दिनँ, यसमा कसैले चिन्ता नलिए हुन्छ । तपार्इंहरूले अप्ठ्यारोमा देशलाई पठाउन लाग्नुभएको हो भने त्यस्तो स्थितिमा हामीले के भन्न सक्छौँ र ?’

सभामुखप्रति असन्तुष्टि

सभामुखले अर्थ विधेयक पारित गराउनेतिर भन्दा अविश्वास प्रस्तावलाई अगाडि बढाउने गरी कार्यसूची तोकेर समझदारी भत्काउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए । ६ साउनमा संसद् बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गराउने कार्यसूची छ । एमालेले यसलाई सभामुखको पूर्वाग्रही निर्णय भएको आरोप लगाउँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली