केसी समर्थक चिकित्सकद्वारा टिचिङको ओपीडी बहिष्कार

साझासवाल
1 Min Read

साउन ४, काठमाडौँ । अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द केसीका सर्मथक 'रेजिडेन्ट' चिकित्सकले दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको त्रिवी शिक्षण अस्पतालको ओपीडि सेवा मंगलबार देखि बहिष्कार गर्ने निर्णय गरेका छन् ।

यसअघि डा. केसीका सर्मथक विद्यार्थीको दबाबले संस्थानको पठनपाठन प्रभावित बन्दै आएकोमा रेजिडेन्ट चिकित्सकले काम गर्न छाड्नेबित्तिकै अस्पतालको आधा सेवा प्रभावित हुनेछ।

विशेषज्ञ चिकित्सकहरुले मात्र बिरामीलाई सेवा दिने कठिन हुने भन्दै अस्पताल प्रशासनले चिन्ता व्यक्त गरेको छ ।

‘शिक्षण अस्पताल काठमाडौंसँगै दूरदराजबाट सिफारिस गरिएका विरामीले भरिने अस्पताल हो । जहाँ रेजिडेन्ट चिकित्सककको पनि ठूलो भूमिका र दायित्व हुन्छ,’अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले भने,‘जुन कुरामा हमीले पहिले पनि पटक पटक सचेत गराएका छौं ।’

उनले डा. केसीको अनशनकै कारण कुनै पनि सेवा प्रभावित हुन नपाओस् भन्दै त्रिभुवन विश्वविद्यालय, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसरलगायतलार्ए पत्र पठाइसकेको बताए । -अन्नपूर्ण पोस्ट दैनिक

Share This Article
Leave a Comment

Leave a Reply