साउन ६, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्ति"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भन्छन्- ‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए’

६ श्रावण २०७३, बिहीबार ०५:०२

साउन ६, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको बताएका हुन् ।

संसदीय दलको बैठकमा प्रचण्डले भने ‘अरूले होच्याउने, खिसिटिउरे गर्ने गरे पनि त्यसको सशक्त प्रतिवाद गर्दै हामी अगाडि बढ्नुपर्छ । हामी विगतमा प्रतिपक्षमा भए पनि भूकम्पपछिको स्थितिमा प्रतिपक्षी व्यवहार कहिल्यै प्रदर्शन गरेनौँ । 

त्यसवेला संविधान निर्माणको पहल हामीले नै लियौँ । संविधानमा आदिवासी थारू, मधेसीहरू समेटिन सकेनन् । उनीहरूको माग सम्बोधन गर्ने विषयमा आवाज उठाइरह्यौँ, तर त्यस विषयमा पनि ओलीजीले पहल लिन सक्नुभएन ।’

गोरखा, ओखलढुंगालगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भएको प्रचण्डको भनाइ थियो । उनले त्यस्तो काममा एमालेनिकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागेको अारोप लगाएका छन् ।

उनले भने, ‘माओवादीमा पनि प्रचण्डलाई नै मुद्दा हाल्ने र जेल चलान गर्नुपर्नेजस्ता योजनासम्म उनीहरूले बुने । माओवादीलाई ह्याँकुलाले मिच्न सकिन्छ भनेजसरी उहाँहरू लाग्नुभयो । सत्तासाझेदार दलको व्यवहार माओवादीसँग कहिल्यै देखाउनुभएन ।’

आफूहरूले एमालेसँग १४ बुँदे, नौबुँदे हुँदै तीनबुँदे भद्र सहमितसमेत गरेपनि त्यसको कहीँ–कतै कार्यान्वयन नभएको प्रचण्डको गुनासो थियो । -नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ