Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतीय महावाणिज्य दूतावास वीरगंजद्वारा महफिले मुशायराको आयोजना

By साझासवाल 6 मिनेट पढाइ

एस.एमजहाँगस्त | साउन ६, वीरगंज | भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनमा बुधबार महफिले मुशायरा कार्यक्रम सम्पन्न भएको छ । वीरगंज स्थित टाउन हलमा सम्पन्न मुशायरा कार्यक्रममा नेपाल भारतका चर्चित शायरहरुको उपस्थिती रहेको थियो ।

मुसायरा कार्यक्रममा भारतबाट डा. अब्दुल हनान, एस.कमर चम्पारनी, नेपालबाट उर्दु एकेडमीका पदाधिकारी साकिब हारुनी,ईम्तयाज वफा, जफर अहम्द जफर, शीतल कादम्बनी ,स्थानिय शायर जम्शेद अंसारीले आ आफनो गीत गजल र शेर व शायरी प्रस्तुत गरेका थिए । भारतीय वाणिज्य दूतावास कन्सुलर एस.एम अख्तरको बिदाईको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ  ।

बुधबार राती सम्पन्न मुशायरा कार्यक्रममा  वाणिज्य दूत अन्जु रन्जनले सहभागि सायरहरुलाई दोसल्ला ओढाई सम्मान गरेकी थिइन ।  कार्यक्रमको उद्घाटन  महावािणज्य दूत अन्जुरन्जन र कन्सुरल एसएम अख्तरले संयुक्त रुपमा  मैनबती बाली गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य दुत अन्जुरन्जनले आफनो कार्यकाल पुरा गरी जान लागेका ईमन्दार र मिहनेती कन्सुलर एस.एम अख्तरको योगदान र भुमिकाबारे चर्चा गर्दै वहाँको योगदानलाई भारत सरकार र नेपालीले सदैव स्मरण गरिरहने बताईन ।  रन्जनले नेपालमा गएको बिनाशकारी भुकम्पमा वहाँले महत्वपुर्ण भुमिका खेलको बताउदै वीरगंजबाट बिदाई भएपनि नेपाल र नेपालीको बिकासको लागि अख्तरले सहयोग गरिरहने विश्वास व्यक्त गरेकी थिइन ।

यसैगरी कार्यक्रमलाई  सम्बोधन गर्दै कन्सुलर एसएम अख्तरले  आफु जहाँ गए पनि नेपाल र नेपालीले दिएको मायाँ प्रेम नबिर्सने बताए । अख्तरले वीरगंज महावाणिज्य दूतावासले गरेको मुशायरा कार्यक्रम आफनो लागि एतिहासिक भएको चर्चा गर्दै नेपाल र भारत बिचको एतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफु र सदैव तत्पर रहने बताएका थिए ।

वीरगंज महावाणिज्य दूतावासका दूत एस.एम अख्तरको  सभापतित्वमा सम्पन्न कार्यक्रममा  वीरगंजका महावाणिज्य दूत अन्जु रन्जन, कन्सुलर कृष्णा कुमार चैतन्य, राजेश कुमार, नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल,  तमरा अभियानका महासचिव आत्माराम साह, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, फोरम लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष शशिकपुर मियाँ, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी,  बालरोग बिशेषज्ञय डा. अशोक दास, डा. प्रमोद सर्राफ , युवा नेता सम्सेद अख्तर, ओमप्रकास सर्राफ ईश्वर यादव, धर्मेन्द्र पटेल, दिपक सर्राफ पत्रकार चन्द्रकिसोर झा, एनपीडेलीका संतोष पटेल, एस.एमजहागस्त   लगायत  समाजसेवी एवं महिलाहरुको बिशेष  उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कन्सुलर राजेश कुमार र धन्यवाद ज्ञापन डेपुटी कन्सुलर निरज जैसवालले गरेका थिए  भने  कार्यक्रमको सहजीकरण शायर जमशेद अंसारीले गरेका थिए  ।