२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साधारण शेयर बिक्री गर्ने क्रम बढ्यो

२०७७, २७ श्रावण मंगलवार ०७:३२

साउन २७, काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैर आवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । 

कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने निष्कर्षका साथ साधारण शेयर बिक्रीको क्रम अगाडि बढाइएको सम्बन्धित कम्पनीले जनाएका छन् । यसै क्रममा लमजुङमा आयोजनास्थल रहेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले आज एक सार्वजनिक सूचनामार्फत आगामी भदौ ३ गतेदेखि साधारण शेयर बिक्री गर्न लागिएको जनाएको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम रु ३७ करोड ५० लाख बराबरको प्रतिशेयर बिक्री गर्न लागेको हो । 

प्रतिकित्ता रु १०० अंकित मूल्यका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर आम सर्वसाधरणलाई बिक्री गर्न लागिएको सूचनामा उल्लेख छ । 

सो कम्पनीको शेयरमा प्रतिकित्ता रु १०० का दरका न्यूनतम १० कित्तार अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी भदौ ७ गतेसम्म हुनेछ भने ढिलोमा आगामी भदौ १७ गते हुने कम्पनीले जनाएको छ । 

कम्पनीले बिक्री गर्न लागेको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले आधारभूत अवस्था औसत रहेको जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको भन्ने हो । कम्पनीको शेयर  निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कूल लागत रु चार अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ । 

कम्पनीले लमजुङमा कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत वर्ष आएको बाढीका कारण आयोजनाको केही भौतिक संरचनामा क्षति पुगेका कारण विद्युत् उत्पादन मिति एक वर्ष पर धकेलिएको हो । आयोजनाले केही समयभित्रै विद्युत् उत्पादन शुरु गर्ने जनाएको छ । 

सरकारले प्रवद्र्धक कम्पनीलाई ३० वर्षका लागि सो आयोजनको अनुमति दिएको छ । आयोजनामा नोपल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको लगानी रहेको छ । दोर्दी करिडोरका निर्माण भइरहेका राम्रा आयोजनामध्ये माथिल्लो दोर्दी एक आयोजना पनि एक हो । दोर्दी करिडोरलाई हाइड्रो करिडोरका रुपमा पनि लिने गरिन्छ । उक्त करिडोरमा एक दर्जन साना ठूला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा