2026-07-05 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेमाथि मानवअधिकार हनन भएको भन्दै रास्वपाको उजुरी

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ। चितवनबाट पोखरा लैजाने क्रममा राज्य संयन्त्रले अमानवीय र अन्यायपूर्ण व्यवहार गरेको रास्वपाले दाबी गरेको छ।

उजुरीमा २ कात्तिकमा पक्राउ परेपछि लामिछानेले मानसिक यातना भोग्नुपरेको र स्थानान्तरणका क्रममा राज्य संयन्त्रको दुरुपयोग भएको उल्लेख छ।

‘एक राजनीतिक दलको नेतालाई यातना दिने यो कार्य सरकारको गैरजिम्मेवारी र राज्य आतंकको उदाहरण हो। यसले नागरिकको मानवअधिकार हनन गरेको छ,’ उजुरीमा भनिएको छ।

रास्वपाले लामिछानेलाई बदनाम गर्न सञ्चारमाध्यमको दुरुपयोग गरिएको आरोप लगाएको छ। घटनाको सत्य छानबिन र न्यायिक समाधानको माग गर्दै आयोगसँग कडा कदम चाल्न अनुरोध गरिएको छ।

रास्वपाले न्याय, कानुनी शासन, र लोकतान्त्रिक मानवअधिकारको संरक्षणका लागि राष्ट्रिय मानवअधिकार आयोगबाट तत्काल पहल गर्न अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै