१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविद्युत् कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

२ माघ २०७७, शुक्रबार ०९:१८

माघ २, काठमाडौँ | जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ । 

चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा रु नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ । 

चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ । कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ । 

हाल कम्पनीको अधिकृत पूँजी रु. ५० अर्ब, जारी पूँजी रु २२ अर्ब र हालसम्मको चुक्ता पूँजी रु १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड कूल आम्दानी गरेको र त्यसमा रु पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ । कम्पनीले हालसम्म नेपाल सरकारलाई रु एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई रु छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये नेपाल सरकारतर्फ रु दुई अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ रु चार अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७८-७९ सम्म कूल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा रु १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ । साथै, ऋण लगानीतर्फ कूल २,८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी रु १२ अर्ब ६७ करोड पु¥याउने लक्ष राखेको छ ।

कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ रु १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ । अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट रु पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट रु तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो । यसै आवभित्र सर्वसाधारणलाई रु दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी?