२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरा विमानस्थलविहीन सुदूरपश्चिमको एक मात्र जिल्ला

२०७७, २ माघ शुक्रबार ०९:१२

माघ २, काठमाडौँ | डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदाहरु ओझेलमा परेका छन् ।

नागरिक उडड्यन तथा मन्त्रालयअन्तर्गतको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जय गौतम नेतृत्वको टोलीले २०७२ साल डडेल्धुरामा तीन वटा सम्भावित ठाउँमा पुगी विमानस्थलका लागि अध्ययन ग¥यो तर काम अगाडि बढ्न सकेन् ।

त्यतिबेला सो टोलीमा सहभागी नेकपा डडेल्धुराका नेता डा तारा जोशीका अनुसार केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला तत्कालीन नेकपा (एमाले)को तर्फबाट उक्त पहल कदमी गरे पनि त्यसका लागि अन्य जिल्लाको सहमत नभएका कारण विमानस्थलको योजना अगाडि बढ्न सकेन । 

त्यतिबेला जिल्लाका तीन स्थानमा विमानस्थलका लागि अध्ययन टोलीले अध्ययन गरेको हो । प्राविधिक टोलीले डडेल्धुरा सदरमुकाम नजिकै जोडिएको अमरगढी नगरपालिका–३ स्थित विरादेई, गन्यापधुरा गाउँपालिका–१ मा पर्ने भागेश्वर सामुदायिक बन असिग्राम र अजयमेरु गाउँपालिका–१ मा पर्ने बकायल गरी तीन ठाउँको अध्ययन गरेको थियो । सम्भावना भएका ती ठाउँमध्ये एब्रो जहाजसम्म सञ्चालनमा ल्याउन सकिने सबैभन्दा उपयुक्त ठाउँ बकायल नै भएको टोलीको निस्कर्ष रहेको थियो । 

डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हाल पाश्र्वचित्र(प्रोफाइल) तयार गरी विमानस्थल निर्माणको सम्भावना र त्यसले जिल्लामा हुन सक्ने विकासका विषयमा अध्ययन गरिरहेको छ । कमिटेड नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको पाश्र्वचित्र निर्माणको काम भइरहेको छ । 

पाश्र्वचित्र निर्माणपछि नगरपालिकामा विमानस्थलका लागि गुरुयोजना बनाई प्राधिकरणसँग विमानस्थलका लागि पहल गर्ने नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँ डडेल्धुरामा विमानस्थलको उपयुक्त वातावरण भएको र त्यहाँबाट अन्य पहाडी जिल्लामा आवातजावतका लागि पनि एकदमै उपयुक्त हुने बताउनुहुन्छ । धनगढीबाट सञ्चालन हुने गेटा विमानस्थलमा हिउँद् र बर्खायामको बेला कुहिरोका कारण नियमित उडान नहुने हुँदा समस्या आउने गरेको छ । डडेल्धुरामा औसत मौसम राम्रो हुने गरेकाले विमान सेवा नियमित सञ्चालनमा कठिनाइ नहुने उहाँको भनाइ छ । 

डडेल्धुरामा विमानस्थन निर्माण भई सञ्चालनमा आए यहाँको व्यापार व्यवसायसमेत फस्टाउने डडेल्धुरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले बताउनुभयो । जिल्लाको कतिपय भूभाग भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले व्यापार प्रवद्र्धनमा पनि विमानस्थलले सहयोग पुग्ने उहाँको भनाइ छ । डडेल्धुराका कतिपय पर्यटक स्थल, मल्लकालीन राजदरबार, विभिन्न शक्ति पीठ आन्तरिक तथा बाह्य पर्यटक आगमनका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा