११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले बढ्यो

३० माघ २०७७, शुक्रबार १०:१०

माघ ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको हो  ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा व्यवसायको आकार २२.८३ प्रतिशतले बढाएको छ । गत आवको पुस १२ अर्ब ९१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ३ अर्ब १७ करोड रुपैयाँले बीमा शुल्क बढाएर १७ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ पुनर्बिमा कमिशन आर्जन गरेको छ भने, कर्जा लगानीबाट ३ अर्ब ५३ करोड रुपैयाँ बीमा लेख धितो कर्जा लगानीबाट ९८ करोड २० लाख रुपैयाँ र अन्य प्रत्यक्ष आय १८ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ, बीमा कोषको आकार १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र महाविपत्ती कोष ५९ करोड ८९ रुपैयाँ छ । कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । सो अवधिमा कम्पनीले १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २ सय ४.०४ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह