२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले बढ्यो

२०७७, ३० माघ शुक्रबार १०:१०

माघ ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको हो  ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा व्यवसायको आकार २२.८३ प्रतिशतले बढाएको छ । गत आवको पुस १२ अर्ब ९१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ३ अर्ब १७ करोड रुपैयाँले बीमा शुल्क बढाएर १७ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ पुनर्बिमा कमिशन आर्जन गरेको छ भने, कर्जा लगानीबाट ३ अर्ब ५३ करोड रुपैयाँ बीमा लेख धितो कर्जा लगानीबाट ९८ करोड २० लाख रुपैयाँ र अन्य प्रत्यक्ष आय १८ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ, बीमा कोषको आकार १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र महाविपत्ती कोष ५९ करोड ८९ रुपैयाँ छ । कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । सो अवधिमा कम्पनीले १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २ सय ४.०४ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो