2026-10-26 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन खर्चका कागजात किन सबै गोप्य ?

मङ्सिर १५, काठमाण्डौ | ‘बुद्ध नेपालमै जन्मेका हुन है’ भन्ने सन्देश दिने हेतुले नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाको संयोजक सहित अध्यक्षको संयोजकत्व, नेपाली दुतावास संरक्षण र बौद्ध परिवार दक्षिण कोरियाको सहकार्य र बिभिन्न नेपाली संघ-संस्थाका १७ जना प्रतिनिधी सम्मिलित सचिवालय गठन र  मुख्य रुपमा कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोग मार्फत दक्षिण कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन गरिएको छ ।  

उक्त प्रतिमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित ख्यङ्ंगी प्रान्तको योङ्गईन शहरस्थीत वाउछाङ्सा गुम्बा परिसरमा स्थापना गरिएको छ । नेपाल क्युरियो आर्ट प्रा.लि.मार्फत खरिद गरेर ल्याएको तामा र धातु मिश्रित उक्त बुद्ध प्रतिमाको आर्थिक प्रतिबेदन पत्रकार सम्मेलन मार्फत २ पटक सार्बजनिक गरेको भनेर प्रचार गरेपनि बिभिन्न शिर्षकमा गरिएको खर्चमै अनियमितता भएको सचिवालयका एक सदस्यले आफ्नो नाम नछाप्ने सर्तमा आरोप लगाएका छन् । 

सन् २०१८ जनवरीमा गठित बुद्ध प्रतिमा स्थापना समितिले शुरुवाती चरणमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहकार्यका लागी नेपाली दुतावास मार्फत लेखिएको पत्र प्राप्त पश्चात तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रि स्वर्गीय रबिन्द्र अधिकारी पनि सकारात्मक भएका थिए भने बुद्ध प्रतिमा स्थापनाका लागि गठित समितीलाई अभियानका बिषयमा प्रपोजल पठाउँन अनुरोध गरेका थिए तर पछि समितीले यस बिषयलाई बेवास्था गरि केसाङ नाम गरेका ब्यक्ति मार्फत नेपाल क्युरियो आर्टमा मुर्ति बनाउँने प्रस्ताव पुर्याए सँगै एनसिसी कोरियाकी अध्यक्ष अञ्जु केसी, लोचन राई, प्रितम गुरुङ्ग सहित समितिका जिम्मेवार सदस्यहरु जोडिएको र बुद्ध प्रतिमाको तौल छ सय केजी रहेको नेपाल क्युरियो आर्टका म्यानेजिङ्ग डाईरेक्टर जुनिल नरसिंह शाक्यले बताए पनि समितिले ८ सय केजी तौलको प्रतिमा भनेर प्रचारबाजी गरेको भन्दै गुनाशोहरु प्राप्त भएको छ ।

समितिले किन चाँहदैन खर्चको बिल देखाउँन ? 

कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, ब्यापारी, मजदुर लगाएत गरि कुल ४०६ जनाबाट संकलित ५ करोड २० लाख ७६ हजार ५ सय ४१ कोरियन वोन रकम मध्य नौ फिट अग्लो बुद्धको प्रतिमा खरिद लागत नेपाली रुपयाँ २२ लाख ५० हजारको कम्पनीको प्यान बिलमा देख्न सकिन्छ भने प्रतिमालाई कोरिया ल्याउनका लागि नेपाली दुतावासको महत्वपूर्ण भुमिकाका कारण कोरियन एयरलाईन्सले ८६० केजी कार्गोको करिब तीन हजार डलर मिनाहा गरेको समितिले जनाएपनि बुद्ध प्रतिमाको मात्र जिम्मेबार लिएको नेपाल क्युरियो आर्टले नेपाली सम्पर्क समितिकि अध्यक्ष अञ्जु केसिलाई १३ अप्रिल २०१८ मा मुर्ति बाहेक कार्गो सहित सबै सेवा शुल्क भनि १ लाख २५ हजार २ सय ५० सहित लोगो बनाउँदा १५ हजार र बुद्ध प्रतिमा मुल्य २२ लाख ५० हजार गरि कुल २३ लाख ९० हजार २ सय पचास नेपाली रुपैया बराबरको हिसाबका बिषयमा ‘यसरी भनेको हो अञ्जु जी’ भनी कुराकानी भएको र प्यान बिजक २६ फेब्रुअरि २०१८ मै जारी भैसकेको अबस्थामा ‘पेपर छिटो बनाईदिनु है सर’ भन्ने जवाफ म्यासेन्जरबाट गएको देखिन्छ । यस बिषयमा बुझन खोज्दा एनसिसी अध्यक्षले फोन नै उठाईनन् तर प्रतिमा स्थापनाका लागि गठित सचिवालय सदस्य प्रितम गुरुङ्ग, यम श्रीस लगाएतले ‘अख्तियारमा उजुरी हाल्नुस्, पैसा खाएर समाचार बनाउँन लागेको, समाचार आएपछि हामी खण्डन गर्नेछौं, कोरियाको नेपाली समाजमा कसले कति खाए त्यसको प्रमाण खोई खोजेको ?’ भन्दै प्रश्नमा प्रतिप्रश्न गरेका छन् । उनीहरुले बुद्ध प्रतिमा नेपाल देखि ल्याउँदाका सम्पूर्ण सक्कल प्रमाणपत्र दिन ईन्कार गर्नुको साथै खर्चको पारदर्शीताका लागि आवाज उठाउँनेलाई सचिवालय सदस्यले कोरियन कानुनको हवाला दिदै धम्क्याएका छन् ।

त्यस्तै उक्त समितिले उपलब्ध गराएको खर्च बिबरणमा नेपालमा मुर्ति बनाएको एउटा प्यान बिल बाहेक अन्य कुनै पनि बिल पेस गरिएको छैन । खाली खर्चका बिबरण मात्र समाबेस गरिएका छन् । अभियानको क्रममा खाना खर्चमै कुल १७ लाख कोरियन वोन भन्दा बढी र मुर्ती अनी गजुरलाई गोल्डेन कलर लगाउँदा भनी दुई शिर्षकमा २८ लाख ५० हजार कोरियन वन खर्च देखाईएको छ, जसको आधिकारीक प्रमाण दिन इन्कार भएको छ, त्यस्तै सचिवालयले समितिका सदस्यलाई हस्तान्तरण गरिने भनेर छापिएको १९ ओटा सम्मानपत्रमा नेपाली दुतावासका राजदुत संरक्षक र एनसिसी अध्यक्ष संयोजक रहेको उल्लेख गरेको भएपनि दुबैको हस्ताक्षर छैन ।

बुद्ध प्रतिमाको स्थापनापछि खर्च कटाई बाँकी ७१ लाख ५२ हजार ३ सय ६९ कोरियन वोन अर्थात लगभग सात लाख नेपाली रकम मौज्दातका बिषयमा कोरियामा रहेका नेपालीले चाँसो राख्दा कसैले गिद्धे नजर नलगाईयोस, कसैलाई नछोडिने भनेर सामाजिक संजालमा एनसिसी अध्यक्ष अञ्जु केसीले आक्रोस पोखेको बिषयमा महासचिब निर्मल बेलबासेले २४ फेब्रुअरी २०१९ मा प्रेस बिज्ञप्ती मार्फत रकमलाई प्रष्ट पारीदिन र धम्कीको घोर भत्र्सना गरेको केही महिनापछि १२ मे २०१९ मा वाउछाङ्सा गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक रुपमा समापन गरिएको बुद्ध प्रतिमा स्थापना अभियानलाई उल्टै ३ लाख ८७ हजार ४४३ कोरियन वोन घाटा भएको बिबरण पेश गरिएको छ र घाटालाई सचीवालय भित्रका सदस्यले आफ्नै पैसाले चुक्ता गरेको भन्ने जानकारी दिएको छ ।

२४ फेब्रुअरी २०१९ मा जारी प्रेस बिज्ञप्ती

‘अनुसन्धान हुन्छ’ —राजस्व अनुसन्धान बिभाग महानिर्देशक 

यसै बिषयमा राजस्व अनुसन्धान बिभाग महानिर्देशक दीर्घराज मैनालीले भनेका छन् ‘उल्लेखित बस्तु हेण्डीक्राफ्टसँग सम्बन्धीत छ भने त्यसको हकमा प्यान बिल जारि गर्न मिल्छ, तर प्यान बिलमा उल्लेखित रकम आयकरमा देखाउँनु पर्छ । बुद्ध प्रतिमा निर्यात गर्दा  मुल्य खुलाईएको भन्सार प्रमाणपत्र, कन्ट्री अफ ओरिजिन लगाएत मुर्तिको जुन मुल्य तोकिएको छ सोही मुल्य भुक्तानी प्राप्त गरेको हुनुपर्छ । यदि यस बिषयमा आबश्यक कागजातसहित कसैले निबेदन दिएको खण्डमा भन्सार लगाएत निर्यात प्रमाणपत्र सहित बिलमा उल्लेख गरेको मुल्य बराबरको राजस्व तिरेको हो वा होईन भेरिफाई गरिन्छ, बिशेषत यो आन्तरिक राजस्व बिभागसँग सम्बन्धीत रहेको र उल्लेखित रकम बराबरको आय बिबरण आन्तरिक राजस्व बिभागमा पेश गरेको हुनुपर्छ, यदि त्यो अनुसार बिक्रिबितरण नभएको खण्डमा स्वतः कानुनी कार्बाही हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने