सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

चैत २२, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो ।

सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply