१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिडविरुद्ध एकताबद्ध हुन प्रमको निर्देशनमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

१२ बैशाख २०७८, आईतवार ०९:३४

वैशाख १२, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो । 

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,  एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिँदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पङ्क्ति सक्रिय हुन र जिल्लाजिल्लामा आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । 

शनिबार साँझ प्रधानमन्त्रीका उपस्थितिमा बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट विस्तारित बैठकमा निकालिएको निष्कर्षका बारेमा आज जानकारी दिइएको बताउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो समय असाध्यै धेरै सङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट देखिएको र  त्यसका लागि निकै अक्सिजनको आवश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्यवस्था गर्ने, खोपलाई विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

सङ्क्रमणबाट बच्न पूर्णरुपमा बन्दाबन्दी गर्ने सोच नभएको जनाउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “सकभर जनजीविकामा प्रतिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने तयारी छैन, लकडाउन आफैंमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापदण्ड पालना गराई मुलुकभर कोभिड महामारीको सामना गर्ने तयारी सरकारको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक