प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतल निवासमा, राष्ट्रपतिलाई कुर्दै विपक्षी नेताहरु

साझासवाल
1 Min Read

जेठ ७, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् । १४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply