ओलीको साथ छोड्ने सांसद थपिए, देउवालाई प्रम बनाउन माग गर्दै हस्ताक्षर गर्नेमा ३० सांसद

साझासवाल
1 Min Read

<p><b>जेठ १०, काठमाडौँ |</b> काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।&nbsp;<br></p><p>माधव नेपाल पक्षका २१ सांसदले हिजै हस्ताक्षर गरेका थिए भने आज थप ९ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् । त्यस्तै आज हस्ताक्षर गर्नेहरुमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।&nbsp;</p><p>यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए, अहिले उक्त संख्या बढेर ३० पुगेको छ ।&nbsp;&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply