११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया जान लागेकी एक युवती १९ हजार अष्ट्रेलियन डलरसहित विमानस्थलबाट पक्राउ

६ चैत्र २०७८, आईतवार १०:३२

चैत ६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ बस्ने  गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् ।

कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।

शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनको व्यागेज विमानस्थलमा खटिएका अधिकारीले एक्सरे मेसिनमा जाँच गर्दा अवैध डलर फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ