१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यकारी निर्देशक बनाइदिन्छु भन्दै श्रममन्त्रीले मागे चुनावी खर्च

४ भाद्र २०७९, शनिबार ०६:३७

भदौ ४, काठमाडौं | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न आग्रह गरेको पाइएको छ ।

मन्त्रीले त्यस्तो आग्रह गरेपछि नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति बिलखबन्दमा परेका छन् । यद्यपि, सिफारिसमा परेकाहरूले नियुक्ति खानका लागि राजनीतिक भेटघाटलाई अघि बढाउँदै आइरहेका छन् ।


कुँवर नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्रीका रूपमा कार्यरत छन् । मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्ड तथा अन्य विभिन्न कोषबाट समेत मिलाएर चुनावी खर्चको व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउने गरी गृहकार्य अघि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिस हुनेहरूमा डा। द्वारिका उप्रेती, निर्मलकुमार उप्रेती र युवराज बस्नेत छन् । तीनै जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको भए पनि मन्त्रिपरिषद् बैठकले मन्त्री कुँवरकै रुचिअनुसार एक जनालाई कार्यकारी निर्देशकमा छनोट गर्नेछ ।

सिफारिस भएका तीनै जनाले आफुलाई नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् । सोही क्रममा मन्त्री कुँवरले सिफारिस भएकासँग कार्यकारी निर्देशक बन्न पार्टीलाई निर्वाचनमा रकमको जोहो गर्न सक्ने व्यक्ति हुनुपर्ने बताएको स्रोतको दाबी छ ।

सिफारिस भएका तीन मध्ये एक जनाले केही दिनअघि मात्रै मन्त्री कुँवरलाई भेटेर आफुलाई नियुक्त गरेमा वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने र वैदेशिक रोजगार बोर्डमा पनि व्यापक सुधार गर्ने भन्दै आफ्नो विस्तृत कार्ययोजना मन्त्रीसमक्ष सुनाएका थिए । तर, मन्त्रीले तपाइँ बोर्डमा आएपछि वैदेशिक रोजगार कोष तथा अन्य मातहतबाट चुनावी खर्चको पनि जोहो गर्नुपर्छ कि भन्दै घुमाउरो पाराले रकमको माग गरेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण