2026-10-16 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, राहतस्वरुप एक/एक लाख वन पाउने

पुस २२, सिउल | दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो ।

राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहानगर पालिका वा वडा कार्यालयबाट अनलाइन वा अफलाइन फर्म भरेपश्चात आफ्नो ठेगानामा एउटा ‘ईन्छन इयोङ कार्ड’ सपिङ कार्ड प्राप्त हुनेछ । जुन कार्डबाट नगद निकाल्न भने पाइने छैन । यसबाट ईन्छन उपहानगर पालिकाभित्र रहेका सपिङ मलहरूबाट एक लाख कोरियाली वन बराबरका सामान किनमेल गर्न सकिन्छ । 

गत डिसेम्बर दोस्रो हप्तादेखि सुरु भएको नाम दर्ता र कार्ड बाँड्ने प्रक्रिया जनवरी अन्तिमसम्म चल्नेछ । कार्डमा भएको रकम मार्चभित्र खर्च गरिसक्नु पर्नेछ । नेपालीलगायत विदेशीले पनि यो रकम पाउने भनिए पनि ई ९ प्रवेशाज्ञा बाहकलाई भने नदिइने भएको छ । अधिकांश प्रवासी श्रमिकको प्रवेशाज्ञा ई ९ भएका कारण यसबाट लाभान्वित हुने प्रवासीहरू कम हुनेछन् । यद्यपि उक्त कार्ड प्रयोग गर्न सबैले पाउने र कार्डमा आफैँले पैसा राखेर अन्य समयमा किनमेल गर्दा १० प्रतिशत छुट पाउन सकिने कुरा यहाँ लामो समयदेखि श्रम गरिरहेका नेपाली बीबी सिंहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु