<p>मङ्सिर ६, काठमाडौँ । प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क)मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँले पाँचहजार ४६२ मत लिनुभएको छ । निर्वाचन कार्यालयद्वारा उहाँ औपचारिक रुपमा विजयी हुन बाँकी छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/7775d74f6849e12f9a0b9d7f70c4c3011669098560.png" style="width: 50%;"><br></p><p>यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले तीनहजार ६७०, सूर्य चिन्हका नेकपा (एमाले)का उम्मेदवारले तीनहजार ८१० र हलो चिन्ह भएको राप्रपाका उम्मेदवारले दुईहजार ९५५ मत प्राप्त गर्नुभएको छ ।</p>
