१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदहरूलाई माधव नेपालले भने– थ्रेसहोल्ड नकटे पनि पार्टीको ह्वीप लाग्छ, सांसदको पद गुम्छ

२० पुष २०७९, बुधबार ०८:३४

पुस २०, काठमाडौँ | नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले संसदमा राष्ट्रिय दलको मान्यता नपाए पनि सांसदहरूलाई पार्टीको ह्वीप लाग्ने बताएका छन् ।

नेता नेपालले थ्रेसहोल्ड नकटे पनि आफ्नो पार्टी संसदको एउटा शक्ति रहेको दाबी गरे । 


पार्टी निकट युवा संघले बुधवार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सांसदलाई पार्टीको ह्वीप लाग्ने विगतको नजिर रहेको बताएका हुन् ।

‘प्रत्यक्षबाट १० सिट पायौं, पार्टीकै नेताको कमजोरीका कारण समानुपातिकमा कटाउन सकेनौं, राष्ट्रिय पार्टीको ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको भए हेलिकप्टर दिन्थ्यो र ?’ नेपालले भने, ‘राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्छ, थ्रेसहोल्ड पार नगरे पनि ह्वीप लागेको र पद गुमाएको थाहा पाउनुभएको छ । अनेकौं किसिमका भ्रम पैदा गरिएका छन् तर भ्रममा नपरे हुन्छ ।’

राष्ट्रिय दलको मान्यता नपाएका नेकपा एसका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा फ्लोरक्रस गर्ने आशंकाबीच नेता नेपालले ह्वीप लाग्ने र कारवाही गर्ने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह