2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट जिससको मतदान मिति तय गरियो

साउन २०, नुवाकोट । जिल्ला समन्वय समिति (जिसस), नुवाकोटको निर्वाचनको मतदान यही साउन २९ गते हुने भएको छ । 

निर्वाचन अधिकृत बिदामा भएकाले बुधबार निर्वाचन कार्यालय स्थापना गरी बिहीबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गरी शुरु हुने निर्वाचन प्रक्रियाअन्तर्गत साउन २९ गते निर्वाचनको मतदानको मिति तोकिएको छ । 

निर्वाचनको विभिन्न १४ चरणमध्ये शुक्रबार मतदाता नामावली प्रकाशन गर्ने, साउन २२ मा अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने, साउन २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारविरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो । उम्मेदवारलाई साउन २८ मा निर्वाचन चिह्न प्रदान गर्ने र मतदान साउन २९ गते तोकिएको छ । 

नुवाकोटमा जिससको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् । २४ जना मतदातामध्ये १४ जना नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व जनाउने भएकाले काँग्रेसको स्पष्ट बहुमत रहेको छ । नेकपा (एमाले) का ६ जना र नेकपा (माओवादी केन्द्र)का चारजना मतदाता रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई