२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लडाकु भ्रष्टाचार’ प्रकरण: प्रधानमन्त्री दाहालदेखि रामचन्द्र पौडेलसम्म तानिँदै

५ आश्विन २०७३, बुधबार ०१:४९

असोज ५, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ।

२०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

स्रोतका अनुसार सोही क्रममा अख्तियारले प्रारम्भीक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको हो। अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले केही दिनमै पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए।‘अनुसन्धान अघि बढेकाले केही दिनमा पत्र जान्छ,’ रिजालले भने ‘को को संलग्न भन्ने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न मिल्दैन।’

अनुसन्धानबाट धेरै नेता र व्यक्ति तानिन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ। अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका जिम्मेवार रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, शान्ति कोषको तत्कालिन जिम्मेवार कर्मचारीको नाममा  पत्र लेख्ने तयारी गरेको हो।

सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्छन्। अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१, नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ। प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति नन्दबहादर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्धन शर्मा, पूर्वर्थमन्त्री  बर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनाल, तत्कालिन जनमुक्ति शेनाका ब्रिगेड कमान्डरदेखि ब्रिगेडियरसम्मलाई पत्र पठाउने तयारी अख्तियारको छ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै