2026-06-20 04:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लडाकु भ्रष्टाचार’ प्रकरण: प्रधानमन्त्री दाहालदेखि रामचन्द्र पौडेलसम्म तानिँदै

असोज ५, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ।

२०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

स्रोतका अनुसार सोही क्रममा अख्तियारले प्रारम्भीक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको हो। अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले केही दिनमै पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए।‘अनुसन्धान अघि बढेकाले केही दिनमा पत्र जान्छ,’ रिजालले भने ‘को को संलग्न भन्ने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न मिल्दैन।’

अनुसन्धानबाट धेरै नेता र व्यक्ति तानिन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ। अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका जिम्मेवार रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, शान्ति कोषको तत्कालिन जिम्मेवार कर्मचारीको नाममा  पत्र लेख्ने तयारी गरेको हो।

सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्छन्। अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१, नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ। प्रधानमन्त्री दाहाल, उपराष्ट्रपति नन्दबहादर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्धन शर्मा, पूर्वर्थमन्त्री  बर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनाल, तत्कालिन जनमुक्ति शेनाका ब्रिगेड कमान्डरदेखि ब्रिगेडियरसम्मलाई पत्र पठाउने तयारी अख्तियारको छ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ