औषधि विक्री गर्दा मेडिकलवालाहरुको रुचि चर्को बोनसमा
तपाई विरामी भई औषधि पसलमा औषधि खरीद गर्न जानुभयो भने कहिल्यै मूल्यमा छुट पाउनु भएको छ ? किन्दै र खादै गरेको औषधिको मूल्यमा कति छुट छ भनी पसलेलाई सोध्नु भएको छ ? पक्कै सोध्नु भएको छैन । अझ तपाईलाई मेडिकलवालाले चर्को बोनस पाउन मनपरि ढंगले औषधि विक्री गर्छन् भन्ने कुरा समेत पत्तो छैन ।




