2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधि विक्री गर्दा मेडिकलवालाहरुको रुचि चर्को बोनसमा

भदौ १४, पर्बत । तपाई विरामी भई औषधि पसलमा औषधि खरीद गर्न जानुभयो भने कहिल्यै मूल्यमा छुट पाउनु भएको छ ? किन्दै र खादै गरेको औषधिको मूल्यमा कति छुट छ भनी पसलेलाई सोध्नु भएको छ ? पक्कै सोध्नु भएको छैन । अझ तपाईलाई मेडिकलवालाले चर्को बोनस पाउन मनपरि ढंगले औषधि विक्री गर्छन् भन्ने कुरा समेत पत्तो छैन । 

सर्वसाधारणले विरामी परेपछि औषधि पसलमा गई औषधि खरीद गर्छन् । विरामी भएपछि बाँच्नकै लागि खाईने औषधिमा सर्वसाधारणको मजबुरीको फाईदा केही औषधि व्यापारीहरुले लिएको भेटिन्छ । पर्वतको खासगरी सदरमुकाम कुश्माका अधिकांश मेडिकल पसलहरुबाट छुट त परै जाओस् चर्को मूल्यमा औषधि विक्री गर्दै आएका छन् । 

बजारमा यस्ता औषधि पनि छन् जुन विक्री गर्दा मेडिकलवालालाई १०० प्रतिशत सम्म मुनाफा हुने गर्दछ । यिनै १०० प्रतिशत बोनस पाईने औषधि विक्रीमा नै मेडिकलवालाहरुको रुचि हुने खुलासा भएको छ । विरामीको सेवामा भने मेडिकलवालाको कमै रुचि छ । कानून विपरित चेकजाँच गर्ने मेडिकल पसलेले सामान्य विमार लागेर उपचार गर्न जाने विरामीलाई समेत दशौ हजार बरावरको औषधि किन्न बाध्य बनाउने गरेको सर्वसाधारणको गुनासो छ ।

पोखराबाट चेकजाँच गर्न दैनिक जसो बोलाईने डाक्टरहरु र औषधि कम्पनिसँगको मिलेमतोमा चर्को बोनस कमाउने लोभले विरामीको स्वास्थ्यलाई भन्दा आफ्नो मुनाफालाई हेरेर औषधि व्यवसायीहरुले औषधि विक्री गर्दै आएको स्वास्थ्यकर्मीहरुकै व्यापक चर्चा छ । गै¥हकानूनी रुपले विरामी चेकजाँच गर्ने र मुनाफालाई हेरेर औषधि विक्री गरेपछि सर्वसाधारण मर्कामा परेका छन् । आफू मर्कामा परेको भनी गुनासो गर्ने सर्वसाधारणको संख्या समेत बढ्दो छ । 

कुश्माकै एक मेडिकल हलमा केही दिन पहिले कुनपा ६ दुर्लुङकी ६५ वर्षीया दमदारी रेग्मी उपचार गर्न भनी गईन् । श्वासप्रश्वासको विरामी भएको बताईने उनी आफ्नो नातिको साथ लागेर सामान्य अवस्थामा उपचारकै लागि कुश्मा झरेकी थिइन् । उनलाई मेडिकल हलमा ईन्जेक्सन लगाएर केही समय उपचार गरेको तर पछि बेहोस भएपछि जिल्ला अस्पताल पठाएको खुल्न आएको छ । जिल्ला अस्पताल नपुग्दै उनको प्राण पखेरु उड्यो । 

जिल्ला अस्पताल स्रोतका अनुसार रेग्मीको मुटुको गति र व्लडमा अक्सिजनको मात्रा नभएपछि मृतक घोषणा गरिएको थियो । रेग्मी औषधिकै कारण मारिइन् या स्वभाविक तवरले मरिन् भन्ने केही खोजी हुन सकेन । मृतक रेग्मीबारे सोधपुछ गर्न खोज्दा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.फणिन्द बराल खुल्न चाहदैनन् । रेग्मी मृत्युले सामान्य चर्चा पात्र पाएको थियो ।

बजारमा सामान्यत १० देखि १०० प्रतिशतसम्म बोनसमा औषधि विक्री हुने बताउँछन् औषधि व्यवसायीहरु । 

बजारमा धेरै मुनाफा दिने औषधि कम्पनिमा आर्य, एसआर, जीडी, विजयदीप लगायत रहेको बताईन्छ । यी औषधि उत्पादकहरुले १०० प्रतिशत मुनाफा दिने गरेको औषधि व्यवसायीहरुकै भनाई छ । त्यसैगरी सामान्यत १० प्रतिशत र केही माथि बोनस दिने औषधि उत्पादकहरुमा सन, ईन्टेस, क्वेष्ट, डिजेपीएल, एनपीएल, नोभाजेनिेटिक लगायत छन् । 

सामान्यत बजारमा चलेको र गुणस्तरीय औषधि कम्पनिहरुले बोनस कम दिने गर्छन् भने नयाँ कम्पनिहरु जो स्थापित भईसकेका छैनन् र चलेका औषधि छैनन् । त्यस्ता औषधि कम्पनि जसको औषधि प्रभावकारी नभएको हुन्छ । तिनीहरुबाट चर्को बोनस मिल्ने गरेको कुरा औषधि व्यवसायीहरु नै आफ्नो नाम नखुलाउने शर्तमा बताउँछन् ।  

औषधि विभागले उल्लेख गरेअनुसार सामान्यत औषधिको खरीद मूल्यमा बढीमा १६ प्रतिशत भन्दा बढी मुनाफा लिन व्यवसायीहरुले पाउदैनन् । औषधिको खरीद मूल्य भन्दा चर्को मूल्यमा बजारमा औषधि विक्री गर्ने औषधि व्यवसायीको संख्या नै धेरै छ । 

औषधि खरीद विक्रीको विल विजक नै नराख्ने र राज्यलाई स्वास्थ्य सेवा कर तिर्न नखोज्ने औषधि पसलेले सर्वसाधारणलाई भने चर्को बोनस पाईने औषधि विक्री गरी रातारात करोडौ कमाउने धन्दामा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो