भदौ १४, पर्वत । जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिक सचेतना जगाउनको लागि र हिंसा पीडित महिला तथा बालबालिकाको संरक्षण"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, पर्वत । जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिक सचेतना जगाउनको लागि र हिंसा पीडित महिला तथा बालबालिकाको संरक्षण"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

प्रहरी नायब उपरिक्षक पन्त सम्मानित

२०७३, १४ भाद्र मंगलवार ०५:५६

भदौ १४, पर्वत । जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिक सचेतना जगाउनको लागि र हिंसा पीडित महिला तथा बालबालिकाको संरक्षणको लागि सेल्टर निर्माणमा अतुलनीय योगदान पु¥याएको भन्दै प्रहरी नायब उपरिक्षक गंगा पन्तलाई नागरिक समाज संजाल पर्वतले एक समारोहका विचे सम्मान गरेको छ । 

दिगो विकासको लागि आवश्यक पर्ने बनजंगल, बातबरण तथा नदीनाला संरक्षणको लागि योगदान गरेको भन्दै प्रनाउलाई सम्मान गरिएको हो ।­ सोमबार कुश्मामा भएको दिगो विकासका लक्ष्य विषय अन्तरक्रिया कार्यक्रमको अबसरमा उनलाई सम्मानपत्र, दोसल्ला र दुवोको मालाल सम्मान गरिएको हो ।

सम्मानीति भएपछि प्रनाउ पन्तले जिल्लाको शान्ति सुरक्षाको लागि २४ सै घण्टा खटिने नेपाल प्रहरीले नागरिकसँग समन्वय गरे जिल्लाको शान्ति सुरक्षाको लागि अगाडि बढेको बताइन । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेल्टरको आवश्यकता भएता पनि शुरुमा दिनमा जिल्लामा नागरिक संजालहरु नभएर वा भएरपनि निस्क्रिए अबस्थामा रहेका कारण पीडामा भएकाहरु थप पीडामा बस्नुपर्ने बाध्यताको अन्त्यको लागि आफुले यो अबधारणा रहेको र यसमा स्थानियको पहल भएका कारण सेल्टर निर्माणको काम अगाडि बढिरहेको बताइ्र्रन् । नागरिक र प्रहरीको सम्बन्ध निकट हुन जरुरी रहेको र नागरिक पनि विना बर्दीका प्रहरीनै भएका कारण समाजमा हुने अपराध र अपारधी मनासाय भएकाहरुलाई निस्क्रिय तुल्याउनको लागि हातेमालोको जरुरी रहेको उनको तर्क थियो । प्रनाउ पन्तले नेपाल प्रहरीले ल्याएको प्रहरी मेरो साथी भन्ने अभियानले पनि यस्ता घटनालाई निरुत्साहित तुल्याउनको लागि मदत पुग्ने उनको तर्क थियो ।

जिल्ला प्रहरी कार्यालयमा दुइ प्रकारका मानिसहरु आउने गरेको समेत उनले रहस्य खुलाइन । उनले भनिन्, जिप्रकामा दुई प्रकारका मानिसहरु आउँछन् जसमा एक छन् जून प्रहरीलाई आफ्नो पक्षमा लिए काम गर्न सजह हुन्छ भन्ने खालका छन् भने अर्का नितान्त पीडित र न्यायको लागि आएका हुन्छन् ।

जिप्रकाले नितान्त पीडित र अन्यायमा परेर सेवा लिन आएका मानिसहरुको साथ र सहयोगका लागि काम गर्ने भएका कारण जिप्रकाको उचाई्र विगतका बर्षमा भन्दा माथि पुगेको बताइन । प्रनाउ पन्तले जिल्लामा आफ्नो स्वार्थ सिद्ध गर्नको लागि प्रहरीको प्रयोग गर्न खोज्नेहरु प्रहरीको साथ नपाएपछि प्रहरी प्रशासनको बदनाम गर्नको लागि अनेक टिकाटिप्पणी गरेको तर नागरिकले सत्य र असत्य छुट्याउन सकेका कारण पनि आफुले आज यो सम्मान पाएको बताईन ।

नागरिकको सम्मानले आफुलाई थप जिम्मेवारी थपेको समेत प्रनाउ पन्तले बताइन् । उनले आफु् प्रहरी सेवामा रहुन्जेलसम्म जुनसुकै स्थानमा रहेता पनि इमान्दारिताका साथ न्यायको लागि उभिने प्रतिबद्धता समेत जाहेर गरिन् । 

आफु नागरिक सेवाको लागि सर्पित हुन्छु भनि कसम खाएर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अन्यायमा परेकाको साथमा उभिने उनको तर्क थियो । प्र्रनाउ पन्तलाई जिल्लामा शान्ति सुरक्षा, बन बाताबरण तथा नदिनालाको संरक्षण र नागरिक र प्रहरीविचको दुरी घटाउन सफल प्रहरी प्रशासकका रुपमा जिल्लाबासीले लिएका छन् जसका कारण पनि हालसम्म एक दर्जन भन्दा बढी संघसंस्थाले उनको सम्मान समेत गरिसकेका छन् । प्रनाउ पन्त २०५६ सालदेखि प्रहरी सेवामा प्रहरी निरिक्षकबाट प्रवेश गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू