सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ ।

सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ ।

सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ "/>

२०८३ असार २, मंगलबार | ०४:०६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनजाति सम्मेलनद्धारा रोल्पाका पहिरो पिडितलाई राहत प्रदान

२०१६-०८-२९

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ ।

सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ सय ५ रुपैयाँ नगद राहत रकम रोल्पा उवा—९ कम्पु निवासी पहिरो पिडित नन्दे पुनमगरलाई प्रदान गरेको हो । नयाँबस्तीका राजेन्द पुनमगर तथा राजकुमारी पुनमगरबाट ६० हजार, निमबहादुर रानामगर ५ हजार, लक्ष्मी रोकामगर २ हजार, अमृत पुन १ हजार ५ सय, शिवा घर्तीमगर, दिलराज पुनमगर, दिपु पुनमगर, सिता घर्तीमगर, बसन्त श्रेष्ठ, भिमबहादुर घर्तीमगर र छविलाल घर्तीमगरबाट १÷१ हजार तथा अन्यबाट गरी संकलित उक्त नगद राहत प्रदान गरिएको सम्मेलनका जिल्ला सचिव दलबहादुर घर्तीमगरले जानकारी दिए ।

बिशिष्ट सहयोगदाता राजकुमारी पुनमगरको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम बिसीको प्रमुख आतिथ्यमा राहत रकम प्रदान गरिएको छ । सो अवसरमा बोल्दै बिसीले मानव जीवनमा आईपर्ने आपतबिपतमा सक्दो सहयोग गर्नु नै बास्तविक दान गर्नुको अर्थ र महत्व हुने बताए । 

उनले धर्म कमाउने नाम गरिने फजुल खर्च तथा दानको अबमुल्यन नहुने बरु प्राकृतिक पिडितहरुलाई सहयोग गर्नु नै ठुलो धर्म जस्तो अरु केही नहुने समेत बताए । राहत संकलनकर्ता दिलराज पुनमगरको बिषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सञ्चालन सम्मेलनका जिल्ला सचिव दलबहादुर घर्तीमगरले गरेका थिए ।    

गत साउन ११ परेको अबिरल बर्षाबाट पहिरो जाँदा रोल्पा उवा—९ कम्पु निवासी नन्दे पुनकी श्रीमती बर्ष २६ की मनकुमारी पुनमगर, छोराहरु बर्ष १४ का विकास पुन, बर्ष ८ का निकास पुन र बर्ष १२ की छोरी आसा पुनको ज्यान गएको थियो । पहिरोले घरगोठ समेत बगाए पछि पिडित पुन लालमटिया—८ नयाँबस्ती मसुिरया स्थीत आफन्तीको घरमा बस्दै आएका छन् । 

उनी बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा भएको बेला पहिरो गएको थियो । पहिरोबाट सम्पूर्ण पहिरो गुमाएको खबर पाए पछि उनी केही दिन पहिले मात्र रोल्पा आईपुगेका थिए । पहिरोले बस्ने बास र खाने गाँस नै बगाए पछि उहाँ अहिले आपन्तीको शरणमा बसदै आउनु भएको पिडित पुनले बताए । 

अहिले सम्म उहाँलाई जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १ लाख ६० हजार नगद र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाबाट लत्ताकपडा र भाँडाकुँडा बाहेक अरु कुनै राहत नपाएको पिडित पुनले भने । साथै पुनले आफूलाई सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते