Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउखुरीको भालुवाङबाट दाङ—दिल्ली यातायात सेवा शुरु

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती दाङले आज सोमबार देखि जिल्लाबाटै पहिलो पटक अन्र्तराष्ट्रिय रुट अन्र्तगत सिधा दाङ—दिल्ली यातायात सेवा शुभारम्भ गरेको छ । समितीले भालुवाङ पुल्चोकमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा शुभारम्भ गरेको हो ।

यात्रुहरुको माग र सहजतालाई मध्यनगर गदै दाङको भालुवाङबाट लमही—घोराही—तुलसीपुर—अमिलिया—नेपालगञ्ज—रुपैडिहा हुँदै सिधा दिल्ली यातायात सेवा प्रारम्भ गरेको समितीले जनाएको छ । हप्तामा तीन दिन बस सञ्चालन हुनेछ । जस अनुसार दाङबाट सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजे भालुवाङबाट बस छुट्ने र नयाँ दिल्लीबाट आईतबार, बुधबार, शुक्रबार बिहान ११ बस छुट्ने समितीका प्रशासनिक इन्चार्ज नारायण न्यौपानेले जानकारी दिए ।

भालुवाङबाट दिल्ली पुग्न ७ सय ३१ किलोमिटर पर्छ । दिल्ली पुग्न नेपाली २ हजार ८० रुपैयाँ र तथा भारतीय १ हजार ३ सय भाडा लाग्ने न्यौपानेले बताए । बस नयाँ दिल्लीको इण्डियन आयल पेट्रोल पम्प नजिक रहेको हाउस नम्बर १६४ ओर्ड भोटे क्याम्पस अरुणनगर मझ्नु प्लटिङ टोल कलौनीबाट छुट्ने न्यौपानेले कार्यक्रममा जानकारी गराए । दिल्लीबाट नेपाल आउने यात्रुहरुका लागि दिल्लीमै बुकिङ्ग काउन्टर समेत सञ्चालनमा आईसकेको समितीले जनाएको छ ।

भालुवाङबाट दिल्लीको लागि पहिलो दिन ना ६ ख ५४० नम्बरको बसमा दिउँसो १२ बजे यात्रु लिएर दिल्ली तर्फ प्रस्थान गरेको छ । पहिलो दिनमै बसको सबै सिट प्याक भएको समितीले जनाएको छ ।

बिगतमा सिधा भारत जाने बसहरु नहुँदा कयौ नेपालीहरु बदरमा लुट्निु र ढगिनु पर्ने बाध्यताको अन्त्य भएको इन्चार्ज न्यौपानेले बताए । उनले अब देखि दाङबाट भारत जान चाहाने यात्रुहरुको लागि कयौं वसहरु परिवर्तन गर्दै दिल्ली जानुपर्ने बाध्यता समाप्त भएको र महंगो भाडा तिर्नुपर्ने अनि अनाबश्यक दुःख ब्यहोर्नुपर्ने बाध्यता हट्ने न्यौपानेले बताए । साथै उनले यात्रुहरुको माग र चापलाई मध्यनजर गदै गाडी संख्या थपघट गदै अगामी दिनमा भारतका विभिन्न शहरहरुका लागि समेत यातायात सेवा बिस्तार गदै लैजाने न्यौपानेले बताए ।

समितीका कार्यवाहक अध्यक्ष तथा नेपाल यातायात व्यवसाय समितीका केन्द्रिय सदस्य एवम् राप्ती अञ्चल इन्चार्ज भरतनाथ योगीको अध्यक्षता एवम् समितीका प्रशासनिक इन्चार्ज नारायण न्यौपानेको स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा अध्यक्ष योगीले रिबन काटेर यातायात सेवाको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले यो सेवाले हजारौँ यात्रुहरु प्रत्यक्ष लाभन्दित हुने भएकोले सेवालाई थप बिस्तार र प्रभावकारी बनाउँदै लैजान आग्रह समेत गरेका थिए । कार्यक्रममा राप्ती उद्योग बासणज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सशस्त्र प्रहरी बल ज्वालामाई गणका डिएसपी बिमल डाँगी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापा, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्य, अनुगमन समितीका संयोजक युवराज शर्मा, समाजेवी ऋषिराम बस्नेत, ट्रय व्यवसाय समितीका कोषाध्यक्ष ऋषिराम खनाल र पत्रकार खेमराज रिजालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितीका कार्यालय प्रमुख लोकराज पराजुलीले गरेका थिए ।