उपत्यका सहित १० जिल्लालाई लोडसेडीङ मुक्त बनाउने तयारी हुँदै

साझासवाल
1 Min Read

<p><img src="http://sajhasabal.com/uploads/posts/e05e07e4c62dd5b496a590c99bc9a1391480059457.jpg" style="width: 468px; float: left;">मंसिर १०, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले हिउँदमा समेत उपत्यकासहित १० जिल्लालाई लोडसेडिङ मुक्त गराउने तयारी गरेको जनाएको छ । प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, धादिङ र रसुवालाई लोडसेडिङ मुक्त गराउने तयारी गरेको हो ।</p><p>प्राधिकरणले तोकिएका स्थानमा लोडसेडीङ हुन नदिन हिउँदयाममा मर्मतसम्भार नगर्ने तथा प्राबिधिक कुराको बिशेष ध्यान दिने जनाएको छ । प्राधिकरणले एक महिनाभित्रै भारतबाट थप २ सय २० मेगावाट बिजुली आयात गर्ने समेत जनाएको छ । साथै प्राधिकरणले कसरी थप बिजुली थप्न सकिन्छ भन्ने बारे बिभिन्न गृहकार्य अघि बढाएको छ । त्यस्तै एक महिना भित्रै स्वदेशमै सञ्चालित केही आयोजनाबाट करिब ७२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । </p><p>प्राधिकरणले माथिल्लो मस्र्याङ्दीको थप २५ मेगावाट, कालिका दरौंदी ६ मेगावाट, माथिल्लो मादी २५ मेगावाट, हेवा खोला १४.९ मेगावाट र मिया खोला १ मेगावाटको बिजुली एक महिनाभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने जनाएको छ । प्राधिकरणले लोडसेडीङ हुन नदिन डिजेल प्लान्ट समेत तयारी अवस्थामा राखेको छ । साथै एस कार्यलाई सहयोग गर्न उपत्यकाका ठूला होटल तथा उद्योगहरुलाई हिउदको पिक आवरमा क्याप्टिभ प्लान्ट चलाउन आग्रह गरिएको छ । लोड हावरमा सर्वसाधारणलाई समेत प्राधिकरणले बढी लोड दिने सामग्री संचालन नगर्न आव्हान गरिएको छ । &nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply