Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भोजपुरका अग्निीपीडितलाई सांसद कार्कीद्वारा सहयोग

By kit

मङ्सिर १०, भोजपुर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि यहाँ आउनुभएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अबसरमा सांसद कार्कीले यस्तो दुःखद घटनाप्रति सरकार गम्भीर रहेको भन्दै पीडित परिवारको पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

आगलागी पीडितका लागि हालसम्म रु आठ लाख २७ हजार आठसय १ रुपैयाँ सङ्कलन भएको जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । रासस