मङ्सिर १२, काठमाडौँ | बिबाहको सिजन चल्दै गर्दा सुनको भाउ वर्षकै सस्तो मूल्यमा कारोबार भएको छ ।

मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुन निरन्तर घट्दै गएर शनिबार प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यो मूल्य २०७३ कै सबैभन्दा सस्तो हो ।

गत साउन महिनामा प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शनिबारसम्म ५४ हजार २ सयमा झरेको छ । अहिले सुनको माग धेरै हुने समयमा पनि भाउ घट्नुमा अन्तर्राष्ट्रिय बजारको असर हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटिरहेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव परेको छ ।

केही हप्ताअघि सम्पन्न अमेरिकी राष्ट्रपति चुनावको प्रत्यक्ष असर अहिले सुन र डलरको मूल्यमा परेको बताइएको छ । डलरको भाउ बढ्नु र भारतको पैसाको भाऊ घट्दा नेपालमा सुनको भाउ सस्तिदै गएको बिज्ञहरु बताउँछन् ।